काठमाडौं । सामाजिक सञ्जालमा लगाएको प्रतिवन्ध र सुशासन दिन नसकेको भन्दै सरकार विरुद्ध आन्दोलनमा उत्रिएको जेनजी समूहको आन्दोलन हिम्सात्मक बनेको छ ।

सोमबार माईतिघर मण्डलाबाट सुरु भएको युवाहरुको प्रदर्शन बानेश्वर आईपुग्दा घटना हिंसात्मक बनेको थियो । प्रहरीले लगाएको सुरक्षा घेरा तोडेर अघी बढेका युवा समूहलाई पानीको फोहोरा, अश्रुग्याँस र रवरका गोली प्रहार गरेको थियो । गोली लागेर हाल सम्म २ जनाको मृत्यू भएको छ । १ सय भन्दा बढी घाईते भएका छन् । घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीहरु बानेश्वरको संघीय संसद भवनको पर्खाल नाघेर भित्र पसेका थिए । सुरक्षा पोष्ट कव्जा गरेका प्रदर्शनकारीले आगजनि समेत गरेका छन् । संसद भवनको बाहिरी कम्पाउण्ड वाल र तारजालि तोडफोड भएको छ ।

प्रदर्शनकारी संसद भवन परिसर छिरेपछि सरकारले बानेश्वर क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ । सरकारले तत्काल सेना परिचालन समेत गरेको छ । बानेश्वर, तीनकुने, शंखमुल, विजुलीबजार र रत्नराज्य स्कुल क्षेत्रमा राति सम्मका लागि कफ्र्यू लगाइएको छ । काठमाडौं जिल्ला प्रशासनले सिंहदरवार, सितलनिवास, नारायणहिटी दरवार क्षेत्र, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय क्षेत्रमा समेत कफ्र्यू आदेश जारी गरेको छ ।

आन्दोलनरत जेनजी समूहले प्रर्शसनमा हुसपैठ भएको भन्दै सवैलाई घर फर्कन सामाजिक संजाल मार्फत आग्रह गरेको छ । प्रदर्शनकारीको आन्दोलन हिंसात्मक बनेपछि राष्ट्रिय सभाको बैठक स्थगित गरीएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे मन्त्रीपरिषदको बैठक डाकेका छन् ।

जेनजीको आन्दोलन काठमाडौं भन्दा बाहिर समेत हिंसात्मक बनेको छ । पोखरामा सोमबार अपरान्ह देखि कफ्र्यू लगाइएको छ । दमकमा गोली चलेको छ । ईटहरीमा स्थिति तनावग्रस्त छ । भरतपुर महानगरपालिकाको कार्यालय तोडफोडको प्रयास भएको छ ।

जेनजी समूहको प्रदर्शन पछिको स्थिति माथि छलफल गर्न नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले सरकार संग कुरा गर्ने भनेका छन् । उनले महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा संग छलफल गरेका छन् । रास्वपाले आकस्मिक बैठक राखेको छ ।