+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

विद्यार्थीको अभाव झेल्दै प्राविधिक शिक्षालय

2 महीना पहिले प्रकाशित

रामेछाप । प्राविधिक शिक्षा र रोजगारीका कारण प्राविधिक शिक्षा प्रति पहिले धेरै आकर्षण थियो । विद्यार्थीहरु भर्नाका लागि राजनीतिक शक्तिको फोन समेत आउने तिनै विद्यालयहरुमा अहिले कोहि पढ्न रुचि राख्दैनन् । विद्यार्थीको अभाव चुलिन थालेपछि शिक्षालयका अधिकारीहरु हाम्रोमा भर्ना भई दिनुस भन्दै गाउँघर पुगेरै अनुरोध गर्न थालेका छन् ।

प्राविधिक शिक्षा अध्ययनको लागि केहि बर्ष देखि विद्यार्थी अभाव हुन थालेपछि रामेछाप बहुप्राविधिक शिक्षालय विद्यार्थी खोज्न गाउँ पसेको छ । आईतबार रामेछाप बहु प्राविधिक शिक्षालयको टोली गोकुलगंगा गाउँपालिका – ६ को फर्पु पुगेर विद्यालयका शिक्षक, अविभावक र विद्यार्थी संग अन्तरसंवाद गरेर फर्केको हो । अन्तरसंवादमा शिक्षालयमा अध्यापन हुने विषय, रोजगारीका अवसर, उच्च शिक्षाको अववर लगाएतका आकर्षणका बारेमा शिक्षालयका अधिकारीहरुले प्रष्ट्याएका थिए ।

विद्यार्थी भर्ना अभियान संचालन भईरहदा आशातित रुपमा विद्यार्थी भर्ना हुन नआएपछि शिक्षालयको टोली गाउँ पस्न थालेको हो । त्यसका अलावा स्थानीय तहका पदाधिकारी, शिक्षा विकास तथा समन्वय ईकाई र विद्यालयका प्रअहरु मार्फत पनि शिक्षालयमा हुने शैक्षिक कार्यक्रमको बारेमा बारम्बार सम्पर्क गरुी भर्नाका लागि विद्यार्थी पठाईदिन आग्रह हुदै आएको शिक्षालयले जनाएको छ ।

रामेछाप बहुप्राविधिक शिक्षालयमा हाल तीन वटा विषयमा अध्यापन हुदै आएको छ । कृषि विज्ञान, पशु विज्ञान र फुड एण्ड डेरी विषयमा ३ बर्षे डिप्लोमा लेभलको अध्ययन हुन्छ । ति तिनै विषयहरु बजारमा रोजगारीका लागि विक्ने विषय हुन् । प्राविधिक शिक्षाको माग धेरै भएपनि शिक्षालयमा विगतका बर्षहरु देखि विद्यार्थी भर्ना कम हुदै गएको छ ।

रामेछाप बहु प्राविधिक शिक्षालयका प्रमुख मनोजकुमार शरनका अनुसार एक विषयका लागि बार्षिक ४० जना विद्यार्थीको कोटा रहेको छ । तर भर्ना दर ज्यादै न्यून छ । भेटेरीनरी विषयमा अरु भन्दा थोरै बढी आकर्षण रहेकोले भर्ना दर पनि अलि बढी छ । कृषिमा थोरै विद्यार्थी छन् । शिक्षालयले स्वीकृति पाएको फुड एण्ड डेरी विषयमा भने गत बर्ष देखि विद्यार्थी भर्ना भएका छन् । गत बर्ष सून्य विद्यार्थी भए । यो बर्ष पनि आउने संभावना देखिएको छैन् । एसईईको पुरक परिक्षाको नतिजा आएपछि यस बर्ष केहि विद्यार्थी थपिएलान भन्ने आशा रहेको शिक्षालय प्रमुख शरनले वताए ।

शिक्षालयले स्वीकृति पाएको विषयमा विद्यार्थी पाउन कठिनाई भएपछि शिक्षालय संचालक समितिले थप दुई विषयमा अध्यापनका लागि अनुमति मागेको थियो । ओभरसियर र एच ए विषयको बजार रहेको निष्कर्ष सहित शिक्षालयले उक्त विषयमा अध्यापनको अनुमति मागेको भएपनि सिटिईभिटीले चालु शैक्षिक सत्रका लागि उक्त विषयको अध्ययन अनुमति नदिएको शिक्षालयले जनाएको छ ।

शिक्षालय प्रमुख शरणका अनुसार शिक्षालयमा कृषि, भेटेरीनरी अध्ययनका लागि स्थानीय सरकारले अनुदान दिने व्यवस्था गर्दा पनि विद्यार्थी पाईन छोडेका छन् । एक त एसईई दिने विद्यार्थीको संख्या घट्दै गएको र अर्को तिर राम्रो नतिजा ल्याउने विद्यार्थीहरु शहर केन्द्रीत शैक्षिक संस्थामा अध्ययन गर्न जाने भएकाले पनि समस्या देखिएको हो । मन्थली नगरपालिकाले कृषि तथा भेटेरीनरी विषयमा अध्ययन गर्न हरेक वडाबाट २ जनालाई छात्रवृति दिने व्यवस्था गरेको छ ।

शिक्षालयमा संचालन रहेका विषयमा विद्यार्थीहरुको चाप हुदो हो त अहिले ३ सय ६० विद्यार्थी हुनु पर्ने थियो । तर रामेछाप बहु प्राविधिक शिक्षालयमा ३ बर्षका विद्यार्थीको संख्इा पुगनपुग १ सय को हाराहारीमा मात्र छन् । आकर्षण र रोजगारीको अवसर पाउने जानकारी हुदाँ हुदै पनि शिक्षालयमा भर्ना हुने दर खस्कदो रहेको छ ।

रामेछापका केहि सामुदायिक विद्यालयले समेत प्राविधिक धारको शिक्षा अध्यापनको अनुमति लिएर अध्यापन सुरु गरेकोमा त्यस्ता विद्यालयहरुमा समेत अध्ययन गर्ने विद्यार्थीको संख्या निराशाजन छ ।

शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार सुनापतिको डहु मावि, रामेछाप नगरपालिकाको हिमगंगा मावि साँघुटार, दोरम्बा शैलुङको कालिका मावि लखनपुर, खाँडादेवि गाउँपालिकाको विष्णु जनज्वति मावि र लिखु तामाकोशीको खिम्तीमा प्राविधिक धार तर्फको पठन पाठन संचालनमा रहेको छ । तर बेथानको डहु बाहेक अन्य सबै विद्यालयमा कोटाको आधा विद्यार्थी पनि छैनन् । प्राविधिक धारमा ५० कोटा हुन्छ । सव–ईन्जिनियरको पठन पाठनको अनुमति पाएको डहु माविले भने गत बर्ष सवै विद्यार्थीलाई उक्त विषयमा अध्यापन गराएको हो । ऐच्छिक विषय भएकाले अरु विद्यालयमा भने प्राविधिक धार र साधारण धार दुवैमा एसईई दिने विद्यार्थी थिए भने डहु माविमा साधारण तर्फ एसईई दिने विद्यार्थी थिएनन् ।

बहु प्राविधिक शिक्षालय र प्राविधिक धार अध्यापन गराउने विद्यालयमा पूर्वाधार र अन्य कुनै पनि विषयमा अभाव छैन् । शिक्षक र सामाग्रीहरुका लागि सरकारले प्रयाप्त लगानी गरेको छ । शिक्षालय र सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार प्रयाप्त छन् । सरकारले प्राविधिक धार अध्ययन गराउने विद्यालयलाई २ जना उप सचिव स्तर सहित ८ जना शिक्षक नियमित दरवन्दी भन्दा थप दिएको र सामाग्रीहरुको व्यवस्थापनका लागि अनुदान समेत दिएको छ । ‘अभाव अरु कुराको छदैछैन् विद्यार्थीको मात्र अभाव छ’ गजुरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले