रामेछाप । निजामति सेवा दिवस २०८२ को अवरमा रामेछाप जिल्लामा विविध कार्यक्रम संचालन गरिएको छ । सो अवसरमा व्याडमिण्टन प्रतियोगिता, रक्तदान कार्यक्रम र हाजिरी जवाफ प्रतियोगिता संचालन गरिएका थिए ।
आईतबार मन्थलीमा प्रमुख जिल्ला अधिकारी श्यामकृण्ण थापाको नेतृत्वमा कर्मचारीहरुको प्रभातफेरी भएको थियो । प्रभातफेरी पछि मन्थली नगरपालिकामा आयोजित कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेता कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कर्मचारी मिलन केन्द्र रामेछापका अध्यक्ष एवं प्रमुख कोष नियन्त्रक हिमलाल शर्मा भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले पुरस्कार वितरण गरेका थिए ।
