रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति स्वर्णीम वाग्लेले सरकारले सामाजिक संजालमा रोक लगाएकोमा रोष पोखेका छन् ।
शुक्रबार विहान रामेछापको मन्थली आईपुगेका वाग्लेले दुई तिहाईको सरकार नागरिकको अधिकार खोस्न लागि परेको वताए । उनले सामाजिक संजाल नियमन गर्नुपर्नेमा रोक लगाएर दुई तिहाईको सरकारले सूचना प्राप्त गर्ने मौलिक हकलाई कुण्ठित गरेको वताए । उनले काँग्रेस र एमालेको सरकारले मुलुकलाई १८ औं शताव्धि तिर फर्काएकोले ति दुवै दलको औचित्य समाप्त भएको वताए ।
रामेछापको उमाकुण्ड गाउँपालिकामा रास्वपाको पालिका अधिवेशनलाई सम्बोधन गर्ने क्रममा वाग्ले रामेछाप आईपुगेका हुन् । वाग्लेले आईतवार गोकुलगंगा गाउँपालिकाको अधिवेशन समेत उद्घाटन गर्ने कार्यक्रम रहेको रास्वपा रामेछापले जनाएको छ ।
