+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

टेप लिएर सडक नाप्दै कान्छाराम

3 महीना पहिले प्रकाशित

रामेछप । समयमा बजेट पाए पनि कामका लागि असार पर्खने हाकिमहरु अव त्राहि त्राहि हुन थालेका छन् ।  निर्माण कार्यका लागि सरकारले बेलामा बजेट बिनीयोजन गरेपनि कार्यक्षेत्रमा निर्माण कार्य गर्न ढिलाई गर्ने परम्पराको अन्त्य गर्न रामेछापका सांसद तथा पूर्व उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ ( कान्छाराम ) आफै टेप लिएर सडकमा देखा पर्न थालेका छन् । उनले विषयगत कार्यालयका प्राविधिकहरु सगै‌ लिएर हिड्ने गरेका छन् । 

तामाङले जिल्लामा विषयगत कार्यालयका प्राविधिकहरु लिएर तोकिएका विकास निर्माण स्थलमा सर्वेक्षणका लागि केहि दिन विताईसकेका छन् । दोरम्बा शैलुङ गाउँपालिकाको गाल्वा देखि दोरम्बा, लिखु तामाकोशी गाउँपालिकाको तिल्पुङ– नागदह – धोवि र रामेछाप नगरपालिकाको रामपुरमा उनले सडक सर्वेक्षणको काममा प्राविधिक टोली लिएर पुगेका हुन् ।

मंगलबार रामेछाप नगरपालिकाको रामपुर पुगेका तामाङ आफै टेप बोकेर सडक नापी रहेका देखिन्थे । उनले चाडो लागत अनुमान तयार गरी बोलपत्र आव्हानको काम गर्ने उद्धेश्यले सक्रियता देखाएका हुन् । रामेछाप नगरपालिका ५ नम्बर वडाको चारघरे जाने सडक कालोपत्र गर्न शहरी विकास मन्त्रालय अन्तरगतको सघन शहरी तथा भवन निर्माण आयोजनामा यस बर्ष बजेट तथा कार्यक्रम प्राप्त भएको छ । मंगलबार उक्त आयोजनाका प्रमुख सुमन सालिके र ईन्जिनियर सुसन श्रेष्ठ सहितको प्राविधिक टोली लिएर तामाङ रामपुर पुगेका थिए । सर्वेक्षण कार्यमा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने समेत साथ लागेका थिए ।

सोमबार जिल्ला समन्वय समितिको सभाहलमा बार्षिक समिक्षा गोष्ठिमा उनले जिल्लामा आउने बजेट समयमा काम नहुने गरेको विगतलाई मध्यनजर गर्दै आफै फिल्डमा खट्ने वताएका थिए । सोमबारको कार्यक्रममा उनले कानुनले अनुगमन गर्ने जिम्मेवारी सम्बन्धित पक्षलाई तोकिएको भएपनि आफु पनि जिल्लाका कुना कुनामा पुगेर विकास निर्माण कार्यको अनुगमन गर्ने वताएका थिए । गोष्ठिमा भेला भएका कार्यालय प्रमुखहरुलाई निर्देशन दिदै तामाङले भने – टेण्डरको काम तत्कालै गरिहाल्नुस् ।

कार्यक्रम र बजेट साउनमानै प्राप्त हुने भएपनि सरकारी कार्यालयहरुले समयमानै योजनास्थलको नाम जाँच गरी टेण्डर आव्हान गर्ने गर्दैनन् । तामाङले भने – यो बेला चुप लागेर बस्ने अनि फागुनमा टेण्डर गरेर कहिले काम गर्नु ? । उनले समयमानै काम हुन सक्यो भने अनुगमन प्रभावकारी हुने र नागरिकले योजनाको प्रतिफल पाउने दावि गरे । ‘बर्षा लागेपछि एक त कामको गुणस्तर हुदैन ’ तामाङले भने – त्यसमाथि सवैतिर कामको चटारोले निर्माण व्यवसायी, प्राविधिक र अनुगमन गर्ने पक्षले समेत सवै साईटमा पुग्न भ्याउदैन्,।

पूर्व राज्यमन्त्री तामाङका अनुसार यो आर्थिक बर्षमा गाल्वा दोरम्बा, नागदह हुदै धोवि र च्यास्कु देखि चारघरे सम्मको सडक कालोपत्र हुने गरी काम अघी बढाईने छ । निर्माण व्यवसायी पृष्ठभुमीका तामाङले प्राविधिकहरुसंग कुन स्थानमा के काम गर्नुपर्ने ? जस्ता कुरामा सरसल्लाह समेत सगसगैं गर्दै अघी बढेका छन् ।

जिल्लामा चाहेको जति बजेट बिनीयोजन गर्न नसकेकोमा सोमबारको जिल्ला समन्वय समितिको समिक्षा गोष्ठिमा माफि मागेका पूर्व राज्यमन्त्री तामाङले अति गरेकालेनै आफुले संसदमा २ जना उपप्रधानमन्त्री उपर कटाक्ष गरेको वताएका थिए । चाहेको जति बजेट ल्याउन सकिएन, जति आएको त्यसलाई समयमानै कार्याँन्वयनका लागि सवै पक्ष बेलामानै लागौं उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले