रामेछाप । तामाकोशीमा गए राती आएको बाढीले पुष्पलाल मार्ग अन्तरगतको किर्ने सडक खण्डमा क्षति पु¥याएको छ । तामाकोशी नदीमा यस बर्षकै उच्च बाढी गए राती आएको थियो ।

गत असोजको बाढीले बगाएको सडक खण्डलाई डिभिजन सडक खाल्टेले गेगर थुपारेर अस्थायी रुपमा पुननिर्माण गरी संचालनमा ल्याएको थियो । किर्नेको दक्षिणी कुनामा रहेको उक्त सडक बाढीले खोलेपछि सोमबार विहान देखि यातायात रोकिएका छन् । सडक क्षति भएपछि बैकल्पिक सडक प्रयोग गरेर यातायात चलाइएको स्थानीय संजिव चौहानले जनाएका छन् । खिम्ती जलविद्युत आयोजनाको क्षेत्रमा बैकल्पिक सडक रहेकोले यातायात बन्द भने भएको छैन् ।

डिभिजन सडक कार्यालय खाल्टेले गत बर्ष बगाएको स्थानमा केहि महिना अघी अस्थायी सडक निर्माण गरेर यातायात संचालन गरेको थियो । उक्त स्थानमा स्थायी सडक निर्माणका लागि ठेक्का प्रकृया पनि पुरा भएको जनाइएको छ ।