+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

बोलिचालीको आफ्नो भाषा सिक्दै हायु बालबालिका

3 महीना पहिले प्रकाशित

रामेछाप । ‘च्याँफिक’ आजकाल रामेछाप नगरपालिका वडा नम्बर ७ मुढाजोरको आधारभुत विद्यालयमा अध्ययन गर्ने बालिबालिकाले शिक्षक रमेश हायुलाई नमस्कार गर्ने शव्द हो यो । च्याँफिक भनेर विद्यार्थीले नमस्कार गरेपछि रमेश हायु पनि च्याँफिक च्याँफिक भन्दै विद्यार्थीलाई विद्यालयमा स्वागत गर्छन् ।

थोरै बुढापाकाले बाहेक हायु भाषा हम्मेसी कसैले नबोल्ने रामेछापको सुकाजोरमा अहिले फेरी भाषा जगेर्नाको प्रयास थालिएको छ । स्कुले बालबालिकाहरु अघील्लो पुस्ताले बोलेको आफ्नो जातीय भाषा तिखार्न थालेका छन् । तर विडम्बना उनीहरुले भाषाको पुस्तक पाएका छैनन्, त्यसैले लिपी पनि जान्दैनन् । खाली अलि अलि शव्द बोल्छन् मात्र ।

हायु वस्तीमा पछिल्लो पुस्ताले आफ्नो भाषा बोल्न र बुझ्न छोडेपछि भाषा लोप हुन थालेको भन्दै स्थानीय शिक्षक रमेश हायु भाषा सिकाउने प्रयासमा छन् । तर उनलाई त्यति धेरै सहयोग समुदाय र स्थानीय सरकारले गरेको छैन् । भाषा सिकाउन पाठ्य पुस्तक छैनन् । ‘लिपी गाह्रो भएकाले विद्यार्थीहरुलाई अक्षर सिकाउन सकिएको छैन्’ हायु भन्छन् – मैले आफ्नो कपीमा हायु भाषाका शव्द कोरेको छु, त्यहि सिकाउछु ।

रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरको सुनकोशी तिर फर्केको बरडाडाँ, मुढेखोला, मुढाजोर, विर्ता, वालिङखोला जस्ता स्थानमा हायुहरुको बसोवास रहेको छ । हायुहरुको मुख्य बसोवासनै त्यहि थलो हो । छिमेकी रामेछापको वादी तिर पनि बाक्लै हायु छन् । तर बरडाडा र मुढाजोरका केहि घरमा बाहेक हायु भाषा अन्यत्र बोलिचालीमा छैन् । ‘बाबु आमाले नबोलेपछि हामीले बोलेनौं, हामीले नबोलेपछि छोराछोरीले जान्ने कुरै भएन’ स्थानीय समरवहादुर हायुले भने ।

हायु संस्कृति र भाषा लोप हुन थालेपछि मुढाजोरको आधारभुत विद्यालयमा अध्यापन गराउने शिक्षक रमेश हायुलाई औधि पिर लाग्यो । ‘अरु के गर्छन् मलाई त्यति जानकारी भएन, म थोरै प्रयास गरौं न त भनेर २ बर्ष अघी देखि भाषा सिकाउन थालेको हुँ ’ हायुले भने – विद्यालयमा अध्ययन गर्ने झण्डै ५० बालबालिकाहरुले अहिले म पुग्दा हायु भाषा बाट नमस्कार भन्छन् । हायुको बाहुल्यता रहेको उक्त विद्यालयमा अध्ययन गर्ने अन्य जातिका बालवालिकाले पनि अहिले रमेश हायुलाई हायु भाषामै नमस्कार गर्छन् । ‘हायुले मात्र हैन अरु जातका बालबालिकाहरुले पनि हाम्रो भाषामै नमस्कार भन्छन्, म भित्र आउन सक्छु भनेर हाम्रै भाषामा अनुमति माग्छन् ’ उनले गर्व गरे ।

लिपी नभएकाले रमेशले पनि पुरै बाक्य सिकाउन पाएका छैनन् । तर घर परिवारमा बोलिने, बा, आमा, दाजु, भाई, दिदी बहिनी, भात, तरकारी , गाई, गोरु जस्ताको नाम लिदा उनीहरु अव आफ्नो भाषा प्रयोग गर्ने र बुझ्ने भएको रमेश हायुले वताए ।

मुढाजोरको आधारभुत स्कुलमा रमेश हायु छन् र उनले आफ्नो भाषा बालबालिकाले सिकुन भनेर चिन्ता जनाउछन् । विद्यालयमा स्थानीय शिक्षा अध्यापन गराउने कुरा सुरु भएको छैन् । कक्षा बेग्लै लिएर पढाउने कुरा पनि भएन । त्यैपनि आउदा जादा र बाहिर भित्र गर्दा गर्दै उनीहरु अलि अलि शव्द बोल्ने भएका हुन् । तर हायु वस्तीका अरु विद्यालयमा त्यो मौका कसैले पाएका छैनन् । एक त हायुहरु शिक्षकनै कम छन् अर्काे जो छन् तिनीहरु आफै हायु भाषा जान्दैनन् । नेपाल सरकारले लोपोन्मुख जातिमा समावेश गरेको हायु जातिको भाषा किराती लिपी नै रहेको रमेश हायु वताउछन् । स्थानीय भाषा सिकाउनका लागि सातामा दुई वटा कक्षा मिलाएको छ । कक्षा १ देखि ५ सम्मका बालबालिकाहरुलाई एकै थलोमा राखेर एक दिन र ६ देखि ८ सम्मका बालबालिकालाई एकै थलोमा राखेर अर्को दिन रमेश हायु एक घण्टी हायु भाषाका शव्द घोकाउछन् ।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ६,७ र ९ मा वसोवास गर्ने हायुहरुको जनसंख्या करिव १ हजार ८ सयको हाराहारीमा रहेको छ । छिमेकी जिल्ला सिन्धुलीमा रामेछापको भन्दा झण्डै दोब्बर संख्यामा हायुहरुको बसोवास रहेको पाईन्छ । रोजगारीको खोजिमा केहि हायुहरु नेपालका विभिन्न क्षेत्रमा बसाईसरेर गएको तथ्यांक छ ।

हायु जातिका कारण रोजगारी नपाउने भएपछि केहिले राई लेखाएर रोजगारी गरेका थिए । तर पछिल्लो समय राई लेखाउने हायुहरुले फेरी आफ्नो जातनै लेखाउन थालेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले