रामेछाप । मन्थली नगरपालिका २ कठजोरको निलकण्ठेश्वर पूर्व विद्यार्थी समाज र सृजनशिल समाजले निलकण्ठेश्वर माविमा अध्यापन गराउने पूर्व शिक्षकलाई सम्मान गरेको छ ।
शुक्रबार कठजोरमा आयोजित कार्यक्रममा उक्त माविमा अध्यापन गराउने शिक्षकहरु गुञ्जवहादुर श्रेष्ठ, मीनवहादुर तामाङ, रामचन्द्र अधिकारी, धनलाल श्रेष्ठ र विश्वनाथ अधिकारीलाई सम्मानीत गरिएको हो । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले पूर्व शिक्षकहरुलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
पूर्व विद्यार्थी समाजका अध्यक्ष घननारायण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली २ का ७ जना उद्यमीहरुलाई समेत सम्मान गरिएको थियो । शुक्रबारनै विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगितामा संचालन गरिएको र सो प्रतियोगितामा विजेता भएकालाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, चिकित्सक डा. सुमन कर्माचार्य, वडा अध्यक्ष सुरेन्द्रवहादुर कार्की, सृजनशिल समाजका अध्यक्ष डा. कृष्णहरी बुुढाथोकी लगाएतले शिक्षाको विकासका लागि गरेको योगदानको चर्चा गरेका थिए ।
