कठजोरमा पूर्व शिक्षकहरु सम्मानित
3 महीना पहिले प्रकाशित
रामेछाप । मन्थली नगरपालिका २ कठजोरको निलकण्ठेश्वर पूर्व विद्यार्थी समाज र सृजनशिल समाजले निलकण्ठेश्वर माविमा अध्यापन गराउने पूर्व शिक्षकलाई सम्मान गरेको छ ।
शुक्रबार कठजोरमा आयोजित कार्यक्रममा उक्त माविमा अध्यापन गराउने शिक्षकहरु गुञ्जवहादुर श्रेष्ठ, मीनवहादुर तामाङ, रामचन्द्र अधिकारी, धनलाल श्रेष्ठ र विश्वनाथ अधिकारीलाई सम्मानीत गरिएको हो । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले पूर्व शिक्षकहरुलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
पूर्व विद्यार्थी समाजका अध्यक्ष घननारायण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली २ का ७ जना उद्यमीहरुलाई समेत सम्मान गरिएको थियो । शुक्रबारनै विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगितामा संचालन गरिएको र सो प्रतियोगितामा विजेता भएकालाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, चिकित्सक डा. सुमन कर्माचार्य, वडा अध्यक्ष सुरेन्द्रवहादुर कार्की, सृजनशिल समाजका अध्यक्ष डा. कृष्णहरी बुुढाथोकी लगाएतले शिक्षाको विकासका लागि गरेको योगदानको चर्चा गरेका थिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
