रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ मा पर्ने पुष्पलाल मार्गको मन्थली सेलेघाट सडक खण्डमा पर्ने कुनाउरी नजिक यात्रुबाहक बसको ठक्करबाट स्कुटर चालक घाईते भएका छन् । शुक्रबार अपरान्ह अरनिको यातायात समितिको बसले उक्त स्कुटरमा ठक्कर दिएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसले ठक्कर दिदा स्कुटर चालक मन्थली ७ का यज्ञप्रसाद ढुंगेल सामान्य घाईते भएका हुन् । उनलाई उपचारका लागि मन्थली अस्पताल लगिएको छ । स्कुटरलाई ठक्कर दिएर फरार भएका बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईतेको अवस्था सामान्य रहेको जनाइएको छ ।
