1. रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले शिक्षा संग सम्बन्धि विधेयक २०८० मा भएका विवादास्पद प्रावधानहरु पुनरावलोकन गरी सरोकारवाला संग प्रयाप्त छलफल पछि मात्र कार्यान्वयनमा जोड दिदै निजी तथा आवाशिय विद्यालयका संघ संस्थाहरुको न्यायोचित माग प्रति पूर्ण समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ ।

बिहिबार संघका महासचिव कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा शिक्षा संग सम्बधित विधेयकले निजी क्षेत्रबाट संचालित विद्यालयहरुको स्वायत्तता, गुणस्तरिय शिक्षा प्रदान गर्ने क्षमता तथा समग्र शैक्षिक विकासमा प्रभाव पार्ने देखिएको उल्लेख गरेको छ । लामो समय देखि शिक्षा क्षेत्रमा भएको लगानी, रोजगारी श्रृजना र गुणस्तरिय शिक्षा उपलव्ध गराउन निजी क्षेत्रका विद्यालयले निर्वाह गरेको भूमिकाको प्रशंसा समेत गरेको छ ।