सदरमुकाम मन्थलीका आधा भन्दा बढी सिसीक्यामेरा देखाउनका लागि मात्रै !
3 महीना पहिले प्रकाशित
रामेछाप । अपराध नियन्त्रण र शान्ति सुरक्षा प्रभावकारी बनाउनका लागि मन्थली बजारमा राखिएका सिसी क्यामेरा आधा भन्दा बढी काम नलाग्ने अवस्थामा पुगेका छन् ।
बारम्बार सिसी क्यामेरा विग्रे पनि सम्बन्धित निकायले भने मर्मतमा खासै चासो राखेको छैन् । हाल मन्थलीको पुरानो कटहरबोट देखि उत्तर तर्फको पाखो, बसपार्क, ट्राफिकचोक, आकाशे क्षेत्र परैमा सिसी क्यामेरा छैन् । मानिसहरुको बढी जमघट हुने बसपार्क र यातायात नियमन गर्ने मुख्य थलो ट्राफिक चोकमा सिसी क्यामेरा अत्यावश्यक जस्तै मानिन्छ । तर केहि समय अघी देखिनै उक्त समस्याको बारेमा कुरा राख्दा कुनै चासो नभएको रामेछाप उद्योग वाणिज्य संघका विशिष्ट सदस्य जयप्रकाश श्रेष्ठले वताएका छन् ।
उनले बसपार्क क्षेत्र चोरी, लुटपाट, झैझगडा, मानिसहरु वेपत्ता हुने समस्याका अतिरीक्त शान्तिसुरक्षाको विविध पक्षमा संवेदनसिल हुने भएकाले त्यस क्षेत्रमा चाडो भन्दा चाडो सिसी क्यामेरा जडान गर्नुपर्नेमा जोड दिए ।
मन्थली नगरपालिकाको बजार क्षेत्रमा कुल ४७ वटा सिसी क्मेरा जडान भएका छन् । ति सवै क्यामेरामा कैद भएका फुटेजहरुको प्रत्यक्ष अनुगमन जिल्ला प्रहरी कार्यालयमा रहेको डिस्प्लेबाट गर्ने गरुीएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कुल ४७ मध्ये १८ काम गर्ने अवस्थामा छन् भने २५ वटा विग्रीएका छन् । प्रदेश प्रहरी कार्यालयको सहयोगमा जडान भएका ४ वटा सिसी क्यामेराले भने काम दिइरहेको प्रहरीले जनाएको छ ।
मन्थली बजारमा सुरुमा रामेछाप उद्योग वाणिज्य संघको अगुवाईमा सिसी क्यामेरा खरिद र जडान गरी त्यसको मोनिटर सहित जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको थियो । पछि मन्थली नगरपालिकाले त्यसमा थप क्यामेरा जडान गरी त्यसको फुटेज रेखदेख गर्ने जिम्मेवारी पनि प्रहरीलाईनै दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बर्षादका बेला सिसी टिभीमा बारम्बार समस्या आईरहेका छन् । ‘कुनै बन्दै छन् र कुनै बिग्रदै पनि छन् ’ प्रहरी निरीक्षक कौशल न्यौपाने भन्छन् – मर्मतको कार्यका लागि नगरपालिका संग प्रहरीले समन्वय गर्ने काम निरन्तर भइरहेको र सो बमोजिम मर्मत कार्य पनि हुदै आएको छ ।
मन्थली नगरपालिकाले बजारका सिसी क्यामेराको मर्मत सम्भारको जिम्मा मन्थलीकै नुम्बुर आईटी सेन्टर लाई जिम्मेवारी दिएको छ । उक्त कम्पनीले बजारमा सिसी क्यामेराको निरन्तर मर्मत संभारको काम भइरहेको जनाएको छ ।
नुम्बुर आईटीका संचालक निरज सापकोटाका अनुसार पुरानो कटहरबोट देखि आकाशे सम्मका कुनै पनि सिसी क्यामेरा अहिले संचालनमा छैनन् । उक्त क्षेत्रमा लगिएको केबल फेर्नुपर्ने अवस्था छ । फाईबर तारमा समस्या आएकोले उक्त स्थानमा जडित सिसी क्यामेराले काम नदिएका हुन् । त्यसैगरी मन्थली मावि क्षेत्रबाट क्याम्पस सम्म पनि केवलकै कारण सिसी क्यामेराले काम दिएका छैनन् ।
सापकोटाका अनुसार सिसी क्यामेरा जडान गरेपछि सधैं काम हुन्छ भन्ने मान्यता राखिएकोले यसको संचालनमा बारम्बार चुनौति आईरहेको हो । सिसी क्यामेरा मर्मतका लागि हाल सम्म कुनै निकायमा अलग्यै कोष व्यवस्था नभएकाले मर्मत बारे अन्यौल बढेको हो ।
त्यसको अतिरीक्त वजारका केहि क्षेत्रमा सिसी क्यामेराका लागि आवश्यक पर्ने विद्युत आपूर्तिमा पनि कठिनाई भोग्नु परेको छ । ‘केहि भईहाल्यो भने खोई सिसी क्यामेरा भन्नेहरुनै सिसी क्यामेराका लागि चाहिने विद्युत आपूर्ति गर्न दिइरहेका छैनन’ एक व्यवसायी भन्छन् – एकैजनाले सवैतिरका क्यामेरालाई पुग्ने लाईन दिन सम्भव छैन् । जसका घर अघी क्यामेरा जडान भएका छन् तिनै घरधनीले लाईन दिएर सहयोग गर्ने वातावरण नमिलाई यो समस्याकै रुपमा रहने अवस्था छ ।
सिसी क्यामेरा जडान भएका तर त्यसमा वजारमा हुने गतिविधिहरु रेकर्ड नहुने भएकाले प्रहरीलाई घटनाको अनुसन्धानमा समेत कठिनाई हुने गरेको छ । जिल्ला सदरमुकाम मन्थलीको मुटु मानिएको देबकोटाचोककै सिसी क्यामेरा सवै चल्दैनन् । वजारमा केहि भइरहाल्यो भने प्रहरीहरु व्यवसायीले राखेका व्यक्तिगत सिसीक्यामेरा हेर्न पुग्ने गरेको ति व्यवसायीले वताए ।
जिल्लाको शान्ति सुरक्षा तथा अमनचयन कायम गराउनका लागि मन्थलीका अतिरीक्त जिल्लाको धोवि, साँघुटार, सित्खा, सेलेघाट लगाएतका स्थानमा सिसी क्यामेरा राखिएका छन् । अन्य वजार क्षेत्रका सिसी क्यामेराको समस्याको बारेमा भने गुनासो आएको छैन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
