+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

रामेछापको मन्थली नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा

3 महीना पहिले प्रकाशित

रामेछाप । रामेछापको मन्थली नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भएको छ । रामेछापमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने रामेछापको मन्थली नगरपालिका पहिलो स्थानीय तह हो ।

नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा कार्यक्रमको बुधबार बागमति प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द बादेको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रदेश सभाका सांसद आनन्दकुमार श्रेष्ठ र तारानारायण श्रेष्ठ लगाएतका जनप्रतिनिधिको सहभागिता रहेको छ ।

नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने कार्यक्रमको शुभारम्भमा मन्थली नगरपालिकाका विभिन्न ३ स्थानबाट ¥यालि निस्कीएको थियो । विभिन्न नारा सहित नगर प्रमुख उप प्रमुख, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, संचारकर्मी, व्यवसायी , नेपाल स्काउट लगाएत ¥यालिमा सहभागिता रहेको थियो । मन्थलीको आकाशे पुल, भैंसेश्वर र मन्थली क्याम्पसबाट निस्किएका बेग्ला बेग्लै ¥यालीले वजारका विभिन्न भागमा परिक्रमा गरी तीनलाल पार्कमा पुगेका थिए ।

कार्यक्रममा विभिन्न विद्यालयहरुले सांस्कृतिक कार्यक्रम गर्नुका साथै विभिन्न जात जातिले धार्मिक र सांस्कृतिक झाँकी प्रश्तुत गरेका थिए । नगरपलिकालाई बालमैैत्री स्थानीय शासनयुक्त घोषणाको खुसियालीमा मन्थली नगरपालिकाले बुधबार मन्थली नगरपालिका कार्यालय, वडा कार्यालय र विद्यालयहरु बन्द गरेर सवैलाई कार्यक्रममा सहभागिताका लागि आग्रह गरेको थियो ।

मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्नका लागि निर्देशिकाले तोकेका सवै सूचकहरु पुरा गर्न झण्डै २ बर्ष लागेको थियो । सवै सूचक पुरा गरेपछि केहि अघी नगर भित्रका सवै १४ वटै वडा एकै साथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले