रामेछाप । मन्थली नगरपालिकाले भोली बुधबार नगरपालिका भित्र स्वास्थ्य सेवा बाहेक नगरपालिका, वडा कार्यालय र विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणाको ऐतिहासिक अवसरमा नगरपालिकाले वृहत कार्यक्रमको आयोजना हुने भएकाले कार्यालयहरु बन्द गर्ने भएको हो ।

मंगलबार प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटाले जारी गरेको सूचनामा नगरपालिका, वडा कार्यालयहरु र विद्यालयहरु वन्द हुने जनाइएको छ ।

बुधबार मन्थली नगरपालिका रामेछाप जिल्लाको पहिरो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा हुदैछ । नगरपालिकाले विभिन्न ५१ वटा सूचक पुरा गरेपछि केहि अघी १४ वटै वडा कार्यालयलाई एकै साथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो ।