+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

श्याम सुवेदी परिवारद्वारा छात्रवृति वितरण

3 महीना पहिले प्रकाशित

रामेछाप । ‘प्रशंसाले अहंकार बढाउछ, प्रतिबद्धताले शक्ति’ भन्ने मुल मर्मका साथ विगत १० बर्ष देखि शिक्षा क्षेत्रमा लगानी गर्दै आएका मन्थली १ सानीमदौका शिक्षाप्रेमी श्याम सुवेदी ( तेजप्रसाद ) को परिवारले यस बर्ष पनि उक्त अभियान सम्पन्न गरेको छ ।

लिखु तामाकोशी गाउँपालिकाका र मन्थली नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययन गर्ने ८३ जना छात्राहरुलाई सोमबार मन्थलीमा आयोजित एक कार्यक्रममा छात्रवृति हस्तारण गरिएको हो ।

सुवेदीका अनुसार छात्रवृति पाउनेमा मन्थली शहिद स्मृति क्याम्पसका ६ जना, तामाकोशी क्याम्पस खिम्तीका १२ जना, भैरबि मावि सुनारपानीका १० जना, सेतिदेवि मावि सालुका १० जना, शिद्धेश्वर मावि गैह्राथोकका १० जना र मन्थली माविमा अध्ययन गर्ने ३५ जना छात्राहरु रहेका छन् । सुवेदीले क्याम्पस तहमा अध्ययन गर्नेलाई नगद छात्रवृति जनहि १८ हजार र मावि तहमा अध्ययन गर्नेलाई १० हजार उपलव्ध गराएका थिए ।

‘जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रम ’ नाम दिइएको उक्त सहयोग हस्तान्तरण कार्यक्रममा नगद छात्रवृतिका अतिरीक्त शैक्षिक सामाग्रीहरु र ट्याकसुट उपलव्ध गराइएको थियो । 

सुवेदी परिवारले यस बर्ष करिव ३ लाख नगद र लाखौंका शैक्षिक सामाग्री हस्तान्तरणका लागि ८३ जना छात्राहरु छनौट गरेको छ । विभिन्न विद्यालयमा अध्ययनरत गरिव र जेहेन्दार छात्राहरुलाई विगत १० बर्ष देखि सुुवेदी परिवारले यसैगरी छात्रवृति हस्तान्तरण गर्दै आएको छ । शिक्षण पेशाबाट निवृत सुवेदी यसअघी मन्थली माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेर शिक्षा विकासमा महत्वपूर्ण योगदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले