रामेछाप । मन्थली नगरपालिका १० नम्बर वडा चनखुमा १ दिने पशुस्वास्थ्य तथा परजिवि नियन्त्रण शिविर सम्पन्न भएको छ ।

पाल पाराभेटेरिनरी एण्ड लाभस्टक एशोसियन रामेछापको आयोजनामा शनिबार भएको उक्त शिविरमा स्थानीय पशुपालक किसानहरुले आफ्ना घरपालुवा जनावरहरुलाई स्वास्थ्य परिक्षण, उपचार तथा औषधिको सेवा लिएका छन् ।

शिविर आयोजनाका लागि मन्थली नगरपालिका र वडा कार्यालयले समन्वय गरेका थिए । शिविरमा एशोसियनमा आवद्ध प्राविधिकहरुले सेवा पु¥याएको जनाइएको छ ।