रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिका ४ मा टिपर दुर्घटना भएको छ । दुर्घटनामा टिपर चालक गम्भिर घाईते भएका छन् । दुर्घटनामा परेको टिपर पाँचपोखरी निर्माण सेवाको भएको जनाइएको छ ।

बालुवा लिएर मन्थलीबाट खाँडादेवि तर्फ जादै गरेको टिपर तित्रीको बोट नजिक दुर्घटनामा परेको हो । दुर्घटनामा परेका चालक खाँडादेवि ३ का ज्ञानमान तामाङ घाईते भएकोमा उनलाई उपचारका लागि मन्थली अस्पताल पठायएको छ । दुर्घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।