रामेछाप । रामेछापको मन्थली बाट सेलेघाट तर्फ जादै गरेको सिमेन्ट बोकेको ट्रक मन्थली नगरपालिका ६ पाखाटोलमा शुक्रबार विहान दुर्घटना भएको छ ।
दुर्घटनामा ट्रकका चालक घाईते भएका छन् । उनको अवस्था सामान्य रहेको जनाइएको छ । सुनकोशी मरिण डाईभर्सन आयोजनाको बाँध स्थलमा रहेको प्लाण्टका लागि सिमेन्ट बोकेर गइरहेको ट्रक सडकबाट खसेको हो । दुर्घटनाको कारण खुलेको छैन् ।दुर्घटनामा परेको ट्रक पटेल रमण कन्स्ट्रक्सनको हो ।
खुर्कोटको सुनकोशी पुल बगाएपछि पुननिर्माण गरिएको बेलिब्रीजमा १५ टन भन्दा बढी क्षमताका साधन आवत जावत गर्न नसक्ने भएकाले सुनकोशी मरिण डाईभर्सन आयोजनाको बाँध स्थलमा आवश्यक पर्ने निर्माण सामाग्रीहरु बोक्ने ठुला भारबहन साधन सुनकोशीको सित्खा पुल तारेर मन्थली हुदै सेलेघाट लाने गरिएको छ ।
