रामेछाप- राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले हिमाली र पहाडी भेगमा बसोबास गर्ने नागरिकको औसत आयु अन्य भेगका तुलनामा बढी रहेको देखाएको छ । जनगणना प्रतिवेदनअनुसार विशेषगरी ओखलढुङ्गा र रामेछाप जिल्लाका बासिन्दाको औसत आयु देशकै उच्च स्तरमा रहेको पाइएको हो ।
तथ्याङ्कअनुसार ओखलढुङ्गामा वासोवास गर्ने व्यक्तिहरुको औसत आयु ७५.३ वर्ष पुगेको छ भने रामेछाप जिल्ला ७५.२ वर्षसहित दोस्रो स्थानमा रहेको छ । यसरी हिमाली र मध्यपहाडी जिल्लामा वासोवास गर्ने मानिसको औसत आयु दर बढी हुनुमा त्यहाँको वातावरण, खानपान, परम्परागत जीवनशैली र सामाजिक संरचनाको भूमिका रहेको विज्ञहरूको भनाइ छ ।
यसैबिच बिहिवार रामेछापको सदरमुकाम मन्थलीमा तथ्याङ्क समन्वय कार्यालय काभ्रे र राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली, काठमाडौँले संयुक्त रूपमा आयोजना गरेको विषयगत प्रतिवेदन तथा स्थानीय तहको नतिजा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त कुरा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार तराईका जिल्ला तथा शहरमा वसोवास गर्ने नागरिकको औसत आयु तुलनात्मक रूपमा कम देखिएको छ । स्वास्थ्य पूर्वाधार, जीवनशैली, खाद्य बानी र वातावरणीय कारणले यस्तो अन्तर देखिएको जनाइएको छ ।
तथ्याङ्कले रामेछाप जिल्लाबाट आन्तरिक बसाइसराई गर्ने र विदेश जानेको सङ्ख्या पनि उच्च रहेको देखाएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार १ लाख ७० हजार ३ सय २ रहेको जनसङ्ख्या घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क प्रतिवेदनअनुसार सन २०५१ सम्ममा रामेछाप जिल्लाको जनसङ्ख्या घटेर १ लाखमा सीमित हुने अनुमान गरिएको छ । अन्य ठाउँमाजस्तै रामेछाप जिल्लामा पनि गाउँवस्तीहरु खाली हुने शहरी इलाका जनघनत्व बढ्दै गएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनका अनुसार, जन्मदर घट्नमा ढिला विवाह गर्नु, धेरै मानिस वैदेशिक रोजगारीमा जानु, बसाइसराई लगायतका कारणहरु मुख्य रहेका छन् । रामेछाप जिल्लामा आन्तरिक बसाइसराई प्रतिशत २९ रहेको तथ्याङ्कले देखाएको छ ।
उक्त अन्तरक्रिया कायक्रममा सहभागी सरोकारवालाहरूले जनगणनाबाट प्राप्त तथ्याङ्कलाई स्थानीय नीति निर्माण, विकास योजना निर्माण तथा स्वास्थ्य पूर्वाधार विस्तारमा आधारका रूपमा प्रयोग गर्नुपर्ने धारणा राखेका थिए । बिहिवार मन्थलीमा आयोजना गरिएको कार्यक्रममा शिक्षक, विद्यार्थी, कर्मचारी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
हिमाली र पहाडी भेगमा वसोवास गर्ने मानिसको औसत आयु बढी
1 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
3 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
8 घन्टा पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
1 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
1 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
संवाददाता
संवाददाता
