रामेछाप । भारतीय स्वतन्त्रता दिवसको अवसरमा रामेछापको मन्थली स्थित नागकन्या माविको कक्षा १० मा अध्ययन गर्ने छात्रछात्राहरुलाई छात्रवृति वितरण गरिएको छ ।

नेपाल भारत मैत्री संघ रामेछापका अध्यक्ष नारायण दाश श्रेष्ठका अनुसार उक्त विद्यालयको कक्षा १० मा अध्ययन गर्ने ३१ जना छात्रछछात्राहरुलाई मन्थली नगरपालिका १ नम्बर वडाका वडा अध्यक्ष होमप्रसाद पौडेलले स्टेशनरी वितरण गरेका थिए ।

कार्यक्रममा नागकन्या मावि स्थापना भन्दा अघि तामाकोशी सेवा समिति मन्थलीको पहलमा माझी वस्ति गडुवारीमा पठन पाठनका लागि सेउलाको छाप्रो बारेर पठन पाठन गराएका शिक्षकहरु नृप वहादुर माझी र मिनवहादुर खड्कालाई सम्मान गरिएको थियो । लामो समय सम्म समितिको सहयोगमा संचालित उक्त सैक्षिक संस्थालाई पछि विद्यालयको स्वीकृत गराएर नागकन्या प्रावि बनाइएको थियो ।