+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

सालु – साँघुटार सडक सुधार गरि यात्रा सहज बनाउने निर्णय

3 महीना पहिले प्रकाशित

रामेछाप । बर्षाको कारण सडक खाल्डाखुल्डी र हिलाम्मे बनेपछि यात्रा गर्न असहज भएको सेलेघाट–साँघुटार सडकको बुधबार उच्च स्तरिय अनुगमन गरी सुधारका लागि केहि निर्णय गरीएका छन् ।

प्रदेश सांसद आनन्दकुमार श्रेष्ठ, तारानारायण श्रेष्ठ, रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, उप प्रमुख बालकुमारी थापा, प्रजिअ श्यामकृष्ण थापा र सडक आयोजनाका पदाधिकारी तथा निर्माण व्यवसायी समेतको संलम्लग्नतामा भएको उक्त अनुगमन सालु – साँघुटार खण्डमा केन्द्रित थियो ।

अनुगमन पछि जिल्ला सदरमुकाममा फर्केर बसेको सरोकारवालाहरुको बैठकले बर्षादको बेलामा सहज आवागमनको चुस्त व्यवस्था गर्न सडक आयोजना र निर्माण व्यवसायीले समन्वयमा तत्काल कार्य थाल्ने, कुनै समस्या आए शान्ति सुरक्षाका निकायमा खवर गर्ने र उक्त सडक निर्धारीत समयमानै पुरा गर्ने लगाएतका निर्णय गरेको छ ।

निर्णय अनुसार निर्माण व्यवसायीले बर्षाले अवरुद्ध हुन सक्ने र भएका स्थानमा मेसिन औजार प्रयोग गरी ग्रोभेल हाली सडक संचालनका लागि मेसिन साईटमा राख्ने सहमति भएको छ । देउराली भन्दा साँघुटार तर्फ २ वटा मेसिन राखेर सडक सुधार गर्ने प्रतिवद्धता आयोजनाले गरेको छ ।

सालु देखि साँघुटार सम्मको सडक हिलाम्मे हुदाँ त्यस तर्फको यात्रा बर्षायाममा अनिश्चित हुने गरेको छ । दिनभरी सडकमा फस्ने गरेका सवारी साधन गन्तव्यमा पुग्न सकिरहेका छैनन् । सयौं यात्रु दिनभरी पाखामा अलपत्र पर्दै आएको र यात्रा अत्यन्ज जोखिम भएकाले सडक सुधारका लागि स्थानीयले बारम्बार आग्रह गर्दै आएका थिए । झण्डै ४ बर्ष अघी उक्त सडकको काम थालिएपनि अझै हिलो हट्न सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले