रामेछाप । अविरल बर्षाका कारण पुष्पलाल मार्गमा पर्ने मन्थली – खिम्ती सडक खण्डको हलेदेमा सडक भासिए पछि बुधबार विहानै देखि अवरुद्ध भएकोमा एकतर्फि खुलाईएको छ ।
लिखु तामाकोशी गाउँपालिका ७ हलेदे वजारको केहि दक्षिणतर्फ सडक भासिएको हो । भासिएको सडक तत्काल मर्मत गर्ने अवस्था नभएकाले माथिल्लो भाग काटेर एकतर्फी संचालनमा ल्याइएको छ ।
विहानै देखि रामेछापका विभिन्न स्थानबाट मन्थली तर्फ आउने र मन्थलीबाट दोलखा र रामेछापका विभिन्न स्थानका लागि छुटेका यात्रुबाहक साधन विचमै अलपत्र परेका थिए । सडक खुलेपछि यातायातका साधनहरु गन्तव्य तर्फ गएको प्रहरीले जनाइएको छ ।
