रामेछाप । अविरल बर्षाका कारण पुष्पलाल मार्गमा पर्ने मन्थली – खिम्ती सडक खण्डको हलेदेमा सडक भासिए पछि बुधबार विहानै देखि यातायात अवरुद्ध भएको छ ।
लिखु तामाकोशी गाउँपालिका ७ हलेदे वजारको केहि दक्षिणतर्फ सडक भासिएको हो । भासिएको सडक तत्काल मर्मत गर्ने अवस्था नभएकाले माथिल्लो भाग काटेर सडक खोल्ने प्रयास जारी राखिएको छ ।
विहानै देखि रामेछापका विभिन्न स्थानबाट मन्थली तर्फ आउने र मन्थलीबाट दोलखा र रामेछापका विभिन्न स्थानका लागि छुटेका यात्रुबाहक साधन विचमै अलपत्र परेका छन् । प्रहरीका अनुसार सडक केहि अवधिमानै खुलाउने गरी काम भइरहेको छ ।
