रामेछाप । गाई भैंसीमा लाग्ने महामारीको रोग लम्पी स्किनका विरुद्ध मन्थली नगरपालिकामा अभियानको रुपमा खोप दिन शुरु भएको छ ।
पशु सेवा कार्यालय सिन्धुलीको आयोजना र मन्थली नगरपालिकाको संयोजनमा उक्त अभियान संचालन हुन लागेको हो । केहि बर्ष देखि पशुहरुमा महामारीको रुपमाा फैलिन थालेको उक्त रोगका कारण धेरै पशु बस्तु मरेका थिए । शरिर भरि घाउ खटिरा आउने, पाक्ने र पशु चौपायमा उच्च ज्वरो आउने उक्त रोगका लक्ष्यण हुन् ।
अभियान अन्तरगत नगरपालिका भित्रका १४ वटै वडामा रहेका गाई भैंसीमा खोप लगाउने तालिका सार्वजनिक भएको छ । दुई साता भित्र खोप अभियान सम्पन्न .गर्ने लक्ष्य नगरपालिकाले लिएको छ ।
