+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

गौश्वारामा आलु खन्ने चटारो

3 महीना पहिले प्रकाशित

रामेछाप । पश्चिमी रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ४ मा पर्ने विकट वस्ती गौश्वारा अचेल आलुको चटारोमा रुमलिएको छ । गाउँभरीका मानिसलाई आलु खन्न, विक्री गर्न र भण्डारण गर्न चटारो छ । बेला बेलामा दर्कने पानीले उनीहरुलाई सास्ती दिन्छ । एक त खेताला नपाईने, बल्ल बल्ल खेताला पाएका दिनमा पानी दर्किनाले किसानलाई समस्या थपिदिन्छ ।

हरीवहादुर मगर दोरम्बा शैलुङ ४ गौश्वाराका कार्यवाहक वडा अध्यक्ष छन् । उनले आलुको लागि वडा कार्यालयबाट रासायनिक मल दिएपछि किसानले उत्पादनमा बढावा दिएको वताए । ‘पहिले १ टन उत्पादन हुने ठाउँमा अहिले तेब्बर आलु फलाएका छन् ’ मगर भन्छन् – उत्पादन बढे सगैं जनशक्तिको अभाव पनि चुलिएको छ । गाउँमा मानिस कम छन्, तर खेति गर्ने जमिन उत्तिकै छ । गौश्वारामा अन्यत्रको जस्तो जग्गा बाँझो बसेको छैन्, जति गाउँमा वसेका छन् तिनले आफ्नो जमिन खोस्रिएकै छन् ।

अहिले आलु खन्ने मुख्य बेला हो । गाउँमा मोटर बाटो नहुदाँ आलु खनेर पनि बोरा र डोकामा बोकेर गाउँ भन्दा धेरै माथिको दोलखाको ढुंगे पु¥याउनु पर्ने बाध्यता भने अहिले स्थानीयलाई टरेको छ । यात्रु बोक्ने बस बर्षायाममा गौश्वारामा पुग्दैन् । तर फोरह्यूल गाडि भने सडक जोत्दै गाउँ उकालिएकै छन् । तिनै गाडिले गाउँबाट आलु ओसार्ने गर्छन् ।

‘फलाउनु मात्र पर्छ बजारको चिन्ता छैन् ’ मगर भन्छन् – गौश्वाराकै ५।६ समूह आलुको व्यवसाय गर्ने ठेकेदार छन् । उनीहरुले किसानको बारीमानै आलु खरिद गरेर गाडिमा काठमाडौं लैजान्छन् । यो बर्ष सुरुमा किसानले बारीमा ७० रुपैंया धार्नीमा आलु विक्री गरेका थिए । हिजो आज १० रुपैयाँ भाउ बढेर ८० पुगेको छ । मगर भन्छन् – काठमाडौंको कालीमाटीको बजार हेरेर यहाँ भाउ बस्छ, यो साल पोहोरको जति पैसा आउदैन कि भन्ने छ ।

स्थानीय भरत मगरका अनुसार भारतीय आलुले बजारमा प्रभुत्व जमाएपछि पहाडि आलुले भाउ पाउदैन् । रुचाउन त यतैको रुचाउने हो, तर सस्तो खोज्ने भएकाले भारतीय आलुले बजार भाउ प्रभावित बनाउने उनको अनुभव छ । काठमाडौंमा भाउ बढेमा किसानले पनि बढी पाउछन् । गत बर्ष १ सय १० रुपैयाँ बारीमानै पाएका किसानले यो साल पनि पैसा आउला भनेर धेरै विक्री गर्ने आँट गरिसकेका छैनन् । अझै गाउँबाट ७० प्रतिशत आलु बाहिरीएकै छैन् ।
गौश्वारामा प्रमुख बालीको रुपमा परम्परा देखि आलु खेति गरिदै आएको छ । स्थानीय जातको रातो चक्रे आलुको उत्पादन हुने उक्त स्थानमा पछिल्ला बर्षहरुमा कुमारी र विकासे अन्य जातका आलु लगाईन थालिएको छ । स्थानीयको दाँजोमा विकासे आलु धेरै फल्ने भएकाले किसानहरुको रोजाईमा परेको कार्यवाहक वडाअध्यक्ष हरि मगरले वताए ।

आलु खेति गर्ने किसानलाई स्थानीय सरकारले पनि सघाउन थालेको छ । यो बर्ष झण्डै १२ टन युरिया मल खरिद गरी ५० प्रतिशत अनुदानमा किसानहरुलाई वितरण गरेको कार्यवाहक वडाअध्यक्ष मगरले वताए । उनले विकासको मल धेरैले प्रयोग गर्दैनन् , जस्ले माग गरे तिनैलाई अनुदानमा उपलव्ध गराएका हौं ।। रासायनिक मल हालेको आलु धेरै फल्ने भए पनि चाडो कुहिने जोखिम हुने किसानहरुको भनाई छ । बजारमा चाडो पठाउदा त्यो फाईदानै हो, केहिगरी बेलामा आलु गएन भने कुहिने डर हुन्छ स्थानीय चण्डिका मगर भन्छिन् – त्यसैले धेरैले युरियाको अझै प्रयोग गरेका छैनन् । जंगली पतकर कुहाएर या गोबर मल प्रयोग गर्नेको आलु धेरै रुचाईने गरेको उनको भनाई छ ।

गौश्वाराका प्राय सवैले आलु खेति गरेका छन् । एउटा घरमा केहि भएन भने पनि २ गाडि आलु बार्षिक रुपमा बजारमा जान्छ । धेरै जग्गा हुनेले धेरै परिमाणमा आलु बजारमा पठाउछन् । गाउँनै गौश्वाराको आलुले आफ्नो नाम कमाउन भने सकेको छैन्, । आलु हामी आलु खेतिले कहलिएपनि पठाउछौं व्यापारीले मुढेको भनेर कालिमाटीमा बेच्छन् स्थानीय कर्णवहादुर मगर भन्छन् – हामीले हाम्रो पहिचाननै दिन सकेनौं ।

केहि बर्ष अघी दोरम्बा शैलुङ गाउँपालिकाले स्थानीय आलुलाई ब्राण्डिङ गर्ने उद्धेश्यले जुटको बोरामा नामनै छपाएको थियो । ‘दोरम्बाको आलु ’ नाम दिएर काठमाडौं पठाउदा बेग्लै प्रतिक्रिया आएको थियो । किसानहरुलाई पालिकाले बोरा छपाएर वितरण गरेको थियो । तर उक्त कार्य विचमै रोकियो । अहिले दोरम्बाको आलु नामको बोरा किसानले पाएका छैनन् । त्यसैले आलुको ब्राण्डिङको कुरा पनि ओझेलमा परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले