भदौ १५ सम्म बिपी राजमार्गमा राती सवारी साधन चलाउन नपाईने
3 महीना पहिले प्रकाशित
रामेछाप । बर्षाको कारण उच्च जोखिम रहेकाले बिपी राजमार्गमा भदौ १५ गते सम्मका लागि रातिको समयमा सवारी आवागमन बन्द हुने भएको छ ।
काभ्रे जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले काभ्रेको धुलिखेल नगरपालिकामा पर्ने काभ्रेभन्ज्याङ देखि सिन्धुलीको खुर्कोट सम्म राति सवारी आवागन रोक्ने निर्णय गरेको हो । समितिको निर्णय अनुसार दुवै तर्फबाट साँझ ५ वजे देखि सवारी संचालन रोकिने उल्लेख छ ।
गत असोजमा आएको बाढीले रोशीखोला किनारको बिपी राजमार्ग क्षतविच्छेद बनाएको थियो । सरकारले पूर्वि पहाड तथा तराईको मेरुदण्ड सडकको रुपमा रहेको उक्त राजमार्गलाई तत्कालै अस्थायी मर्मत गरी संचालन गर्दै आएको छ । खोलाको गेगर थुपारेर सतह भन्दा उच्च बनाई यातायात संचालन गरेकोले रोशी खोलामा ठुलो बाढी आउदा जुनसुकै बेलामा पनि सडक बग्ने र जनधनको क्षति हुने जोखिम रहेकोले गएको असार ७ गते देखि उक्त राजमार्गमा राति सवारी साधन संचालनमा रोक लगाइदै आएको छ ।
रोशिको कटान हुने जोखिम र सडक भन्दा माथिबाट लेदो सहित पहिरो झरेकोले यस बर्ष पटक पटक विपी राजमार्ग अवरुद्ध हुदै आएको छ । सडक विभागले रोशी खोला किनारका विभिन्न स्थानमा मेसिन राखेर अवरुद्ध भएको सडक तत्कालै खुलाउदै आएको छ । बर्षा अझै जारी रहेकोले उक्त राजमार्गमा यात्रा गर्नेले उच्च सावधानि अपनाउन स्थानीय प्रशासनले आग्रह गर्दै आएका छन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
