+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

तीन देखि वेपत्ता कँडेलको खोजी कार्य जारी

3 महीना पहिले प्रकाशित

रामेछाप । मंगलबार दिउँसो देखि तामाकोशी नदीमा हराईरहेका रामेछापको मन्थली नगरपालिका ७ निवासी श्रीबंश शर्मा कँडेल अझै फेला परेका छैनन् ।

मंगलबार विहानको खाना खाएर तामाकोशीमा नुहाउन गएका कँडेल बगेको देखेपछि स्थानीयले तत्कालै खोजि थालेका थिए । जिल्ला स्थित सुरक्षा निकायले समेत उनी बगेको केहि बेर देखिनै खोजि कार्य गर्न थालेका थिए । सुरक्षाकर्मीको खोजि कार्य अझै जारी रहेको छ ।

मन्थली ७ भटौलीका वडा अध्यक्ष भुबनहरी प्रसाईका अनुसार तीन देखि खोजि तिव्र पारिएपनि कँडेलको पत्तो लागेको छैन् । बिहिबार सिन्धुलीको फिक्कल गाउँपालिका सम्म सुनकोशीको किनार सम्म खोजि भएको उनले वताए । बगेको स्थान मन्थली ७ को ढिकुरी मन्दिर देखि तामाकोशीका दुवै किनार र सुनकोशीका दुवै किनारमा खोजि जारी रहेको उनले वताए ।

भक्तपुर जिल्लामा बसोवास गर्दै आएका ७६ बर्षिय कँडेल सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र नविकरण गर्न आईतबार मात्र भटौली स्थित घर फर्केका थिए । सोमबार उनले वडा कार्यालयमा पुगेर परिचय पत्र नविकरण गराएका थिए । मंगलबार विहान भाईको घरमा खाना खाएर घरमा सुत्न जान्छु भनेर हिँडेका कँडेल केहि बेर पछि तामाकोशीमा बगेको स्थानीयले देखेका थिए । उनी विहान पनि तामाकोशीको सोहि स्थानमा नुहाएर फर्केको वताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले