शनिबार तामाकोशी नदीमा सतर्कता अपनाउन सूचना जारी
3 महीना पहिले प्रकाशित
रामेछाप । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले साउन ३१ गते शनिबार तामाकोशी नदीमा पानीको बहाव बढ्ने भन्दै विहान देखि बेलुका सम्म नदी किनारमा हुने गतिविधि नगर्न सूचना जारी गरेको छ ।
आयोजनाले आफ्नो जलासय सफाई गर्ने तालिका भएकाले तामाकोशीमा बाढी आउने जनाएको हो । शनिबार विहान ५ बजे देखि वेलुका ८ वजे सम्म नदीमा नुहाउने, कपडाधुने, बालुवा झिक्ने, सवारी साधन तार्ने लगाएतका कार्य नगर्न आयोजनाले सर्वसाधारणलाई सूचित गरेको हो । आयोजनाले तामाकोशी किनारमा मृतकको दाहसंस्कार या धार्मिक कार्य गर्दा अत्यन्त सावधानिका साथ गर्न पनि आग्रह गरेको छ ।
आयोजनाले दोलखाको बाँध निर्माण भएको लामाबगर देखि दोलखा र रामेछापको विभिन्न स्थान हुदै सुनकोशी दोभान सम्मनै तामाकोशीमा पानीको मात्रा थप घट भइरहने जनाएको छ ।
यसैविच जिल्ला प्रशासन कार्यालय रामेछापले समेत शनिबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको जलासय सफाई हुने भएकाले तामाकोशीमा पानीको सतह थपघट हुने हुदाँ जनधनको क्षति हुन सक्नने भन्दै शनिबार तामाकोशी नदी किनारमा सुरक्षाा सतर्कता अपनाउन बिहिबार सूचना जारी गरेको छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले तामाकोशी नदीमा बाँध बनाई जलासयमा पानी जमाउने गरेको छ । उक्त पानी बालुवा थिग्याउने पोखरी हुदै उत्पादन गृहमा पठाउने गरीएको छ । झण्डै १२ लाख घनमिटर पानी अटाउन सक्ने जलासयमा बर्षाको बेला आउने माटो ढुङ्गा काठ आदि अड्किने भएकाले समय समयमा जलासय सफाई गर्ने गरिएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
