रामेछाप । गुम्देलको जंगलबाट गाउँ पस्ने भालुले स्थानीयलेको बालीनाली सखाप पार्न थालेका छन् । जंगल बढेसगैं भालुको संख्या बढेपछि जंगल संग जोडिएको मात्र हैन, धेरै तल लिखु किनारका बस्ती सम्म भालु आउन थालेका छन् ।

बाँदर र ढेडु दिउँसो आउँछ, त्यसलाई बरु रुघ्न र भगाउन सजिलो छ, उमाकुण्ड १ का वडा अध्यक्ष ङावा तिण्डु शेर्पा भन्छन् – रुघ्न पनि गाह्रो, भेटिहालेमा उसैले खाईदेला भन्ने पिरलो । गत बर्ष गुम्देलमा भालुको आक्रमणमा एक जना घाईते भए, धन्न ज्यान बच्यो ।

पहिले भालु माथिल्लो जंगल क्षेत्रमा सिमित थिए । चौरीहरु माथिल्लो क्षेत्रमा पुग्दा भालुले आक्रमण गर्ने गर्दथ्यो । अहिले त भालु तल तलै आयो शेर्पा भन्छन् – वाल्दिङ सम्म भालु झरिसक्यो ।

गौरीशंकर संरक्षण क्षेत्र भित्र बन्यजन्तु मार्न पाईदैन् । तर जंगलबाट आउने बन्यजन्तुले बालीनाली या मानिसको क्षति गरेमा त्यस वापतको क्षतिपूर्ति दिने व्यवस्था रहेको छ । जंगलसंग जोडिएको वस्तीमा बालीनाली क्षति गरेमा संरक्षण क्षेत्रले क्षतिपूर्ति दिने कुरामा पनि स्थानीयलाई विश्वास छैन् । स्वयं वडा अध्यक्ष शेर्पा भन्छन् – त्यो भन्ने मात्र कुरा रहेछ, कसैले पाएका छैनन् । गत बर्ष वाली क्षति भएको फोटो खिच्ने, कागजात तयार गर्ने, पेश गर्ने कसैले एक पैसा पनि नपाएको गुनासो उनले गरे । ‘राहत त परै जावस उल्टै दुख्ख र खर्च बढाइदियो ’ शेर्पा भन्छन् – वडाबासी मारमा परेका छन्, जति कराउदा पनि केहि भएन । वाली नाली स्वाहा भएका किसानहरुले कराएको बर्षौ भइसक्यो तर कसैले केहि पाएका छैनन् ।

गुम्देलको माथिल्लो क्षेत्र तेछिम, क्यामा, लाहाछेवर जस्ता वस्तीमा धेरै संख्यामा बन्यजन्तुको ओहोर दोहोर हुने गरेको छ । जंगल नजिकको वस्तीका मानिसहरुले गाउँनै छोड्नु पर्ने अवस्था आईरहेको वडाअध्यक्ष शेर्पाले वताए । भनौं कतै कहि लाग्दैन, जनप्रतिनिधिले पनि सक्ने कुरा होईन रहेछ उनले भने ।

सरकारले रामेछापको उमाकुण्ड गाउँपालिकाको १ साविक गुम्देल र गोकुलगंगा गाउँपालिकाको वडा नम्बर १ साविकको चुचुरेलाई गौरीशंकर संरक्षण क्षेत्रमा समावेश गरेको छ ।

यसैविच संरक्षण क्षेत्रमा पर्ने चुचुरेको माथिल्लो क्षेत्रमा पनि भालुले बालिनाली राख्न दिएको छैन् । चुचुरे हुदै ठोसे, चुचुरे, वाम्ती र कुभुको माथिल्लो क्षेत्रमा पनि अचेल भालुको विगबिगी बढेको छ ।