रामेछाप । अपाङ्ग र अशक्त वृद्ध वद्धा लाई बैंकमा खाता खोल्नका लागि बाणिज्य बैंकहरुले राष्ट्रिय परिचय पत्र खोजेर हैरानी दिन थालेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले त्यस्ता लक्षित बर्गको खाता खोल्नका लागि राष्ट्रिय परिचय पत्र आवश्यक नपर्ने जनाएको छ ।

उक्त कार्यालयले जिल्ला स्थित सवै बाणिज्य बैंकहरुलाई परिपत्र गर्दै नेपाल सरकारले यस अघी गरेको निर्णय बमोजिम असक्त, अपाङ्ग वृद्धवृद्धालाई राष्ट्रिय परिचय पत्र विना पनि बैंक खाता खोल्नका लागि निर्देशन दिएको हो । कार्यालयले खाता खोल्ने कार्यमा कठिनाई भएको गुनासो आएपछि उक्त परिपत्र गरेको हो ।