रामेछाप । तामाकोशीमा नुहाउन पसेका मन्थली नगरपालिका ७ मुगिटारका ७६ बर्षिय बृद्ध श्रीबंश शर्मा कँडेल बाढीले बगाउदा बेपता भएका छन् । मंगलबार विहान करिव ११ बजे ठेडिखोला दोभान ढिकुरी मन्दिर नजिक एक साथि सगैं तामाकोशीमा नुहाउन पसेका कँडेललाई बाढीले बगाएको हो ।

कँडेल बगेको सूचना पाउना साथै स्थानीय बासिन्दा र जिल्ला स्थित सुरक्षाकर्मी समेत तामाकोशी नदि किनारमा खोज तलासका लागि परिचालित भएका छन् । भक्तपुल वस्दै आएका कँडेल केहि दिन अघी मात्रै मुगिटार आएका जनाइएको छ ।