+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

सर्बर नचल्दा परिचय पत्र नबिकरण कठिनाई

3 महीना पहिले प्रकाशित

मेछाप । नेपाल सरकारले उपलव्ध गराएको सर्बर डाउन हँदा सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र नविकरण गर्न कठिनाई भोग्नु परेको छ । परिचय पत्र नविकरणका लागि वडा कार्यालयमा आउने वृद्धवृद्धाले सर्बरका कारण काम लिन सकेका छैनन् । सर्बरले अरु विबरण लिए पनि बायोमेट्रिक हम्मेसी लिन मान्दैन् । दुवै हातका १० मध्ये कुनै औंलाएको औंठाछाप भए पुग्ने बायोमेट्रिक दशै वटा औंलाको पटक पटक प्रयास गर्दा पनि सफल हुन नसकेपछि घण्टो कुरेर वृद्धाबृद्धाहरु फर्कन बाध्य छन् ।

स्थानीय सरकारको वडा कार्यालयहरुमा दिनहुँ आउदा पनि सर्बर डाउन भन्दै कर्मचारीको जवाफ आउने गरेको उनीहरु बताउछन् । सरकारले नेपाल भरी एउटै सर्बर संचालन गर्दा दिनभर सर्बर डाउन हुने वडा कार्यालयहरुले जनाएका छन् । कार्यालय खुलेपछि सेवा लिन सम्बन्धित वडा कार्यालयमा पुग्ने वृद्धवृद्धाहरुलाई सर्बर डाउन भएको भन्दै वडा कार्यालयले फर्काउने गरेको छ ।

सामाजिक सुरक्षा भत्ता लिने ३ सय ६८ जना वृद्धवृद्धा रहेको रामेछापको मन्थली नगरपालिका १ नम्बर वडा कार्यालयमा हाल सम्म करिव १ सय मात्रको बायोमेट्रिक भएको छ । राष्ट्रिय परिचय पत्रमा फोटो खिचाएर परिचय पत्र नविकरणका लागि वडा कार्यालयमा कागजात पेश गरेका १ सय भन्दा बढीको बायोमेट्रिक हुन सकेको छैन् । कागजात पेश गर्ने वृद्धवृद्धाहरु दिनहुँ जस्तो वडा कार्यालयमा धाईरहेका छन् ।

मन्थली १ को वडा कार्यालयमा सोमबार वायोमेट्रिकका लागि आएकी ९५ बर्षिया एक वृद्धाको बायोमेट्रिक हुन सकेन । वडा सचिव शेषराज पौडेलले आउदो भदौ तिर आउन ति वृद्धालाई सुझाएका छन् । ‘साउन भरिमा धेरै प्रयास गर्दा बल्ल १ सय जतिको बायोमेट्रिक लिन सकियो ’ पौडेल भन्छन् – दिनभर प्रयास गर्दा एकादुईको मात्र सम्भव हुन्छ । सरकारले भदौ मसान्त सम्म सामाजिक सुरक्षा भत्ता लिनेले परिचय पत्र नविकरण गर्ने समय सिमा तोकेको छ । बाँकी अवधिमा सेवा ग्राहिको काम हुने या नहुनेमा अन्यौल रहेको पौडेलले वताए ।

सर्बरको समस्या भोग्ने मन्थली १ मात्र हैन् । वडा नम्बर ५ मा झण्डै ७ सय सामाजिक सुरक्षा वापतको भत्ता खानेको परिचय पत्र नविकरण गर्नुपर्नेमा सोमबार सम्म करिव २ सयको मात्र नविकरण सम्भव भएको छ । वडा अध्यक्ष रबिन कार्की भन्छन् – सर्बरको कारण स्थानीय जनप्रतिनिधि र कर्मचारीले गाली खानु परेको अवस्था छ ।

जिल्लामा सर्वर नचलेपछि केहि वडाहरुले काठमाडौंमा पुगेर त्याहा रहेका नागरिकहरुको बायोमेट्रिक लिन थालेका छन् । काठमाडौंमा जादा कार्यालय समय अघी र पछि पनि सेवा संचालन गर्न सकिने भएकाले सर्बरमा केहि सहज भएको कार्कीले वताए । सोमबार काठमाडौंको जडिबुटीमा वडाबासीहरुलाई सेवा दिने उद्धेश्यले संचालन भएको शिविरमा विहानै देखि काम गर्दा झण्डै ४० जनाको बायोमेट्रिक लिन सकिएको कार्कीले वताए ।

कार्यालय समय बाहेकको समयमा सर्बर चल्ने गरेको छ । तर त्यस बेला कर्मचारीहरु र सेवा ग्राहि वडा कार्यालयमा आउदैनन् । जव कर्मचारी र सेवाग्राहि आउछन् तव सर्बर चल्दैन् । मन्थली नगरपालिकाका १४ वटा वडा कार्यालयमा अचेल सवैभन्दा बढी काम सामाजिक सुरक्षाका लागि परिचय पत्र नविकरणनै गर्ने रहेको छ । तर सवै वडा कार्यालयमा एउटै समस्या रहेको छ । मन्थली नगरपालिकामा झण्डै ५ हजार २ सय जना सामाजिक सुरक्षा भत्ता लिने वृद्धवृद्धाहरु रहेका छन् ।

रामेछाप नगरपालिकामा सर्बरले कामै नदिएपछि बायोमेट्रिक बिना परिचय पत्र नविकरण गर्न थालिएको छ । ४–५ पटक धाउदा पनि बायोमेट्रिक हुन नसकेपछि वडा सचिव तथा पञ्जाधिकारीहरुले पञ्किरण विभागमा सम्पर्क गरेका थिए । विभागका अधिकारीहरुले दशैभर सर्बर डाउनको समस्या रहेको र त्यसमा सुधार गर्न नसकेको हुदा नन्बायोमेट्रिक लाई पनि नविकरण गर्न निर्देशन दिएपछि रामेछाप नगरपालिकाका वडा कार्यालयहरुले त्यसो गर्न थालेका हुन् ।

रामेछाप ३ का वडा सचिव सन्तोष काफ्लेका अनुसार सामाजिक सुरक्षा भत्ताका लागि वडामा २ सय ६९ जनाको परिचय पत्र नविकरण गर्नुपर्नेमा हाल सम्म झण्डै १ सय हाराहारीमा मात्र नविकरण गर्न सकिएको छ ।अवको १ महिनामा सर्बर यस्तै अवस्थामा रहने हो भने सबै सेवा ग्राहिको परिचय पत्र नविकरण गर्ने अवस्था हुदैन । उनले दलित बालबालिका, पूर्ण र आंशिक अपाङ्ग र ९० माथि कटेका जेष्ठ नागरिकका लागि भने बायोमेट्रिक आवश्यक नभएकोले उनीहरुको काम भईरहेको वताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले