+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

बाँझो बसेको खोरिया बारी बाट बार्षिक लाखौं कमाई

3 महीना पहिले प्रकाशित

रामेछाप । बनमारा घारीले छोपेको केहि बर्ष देखि बाँझै बसेको खोरिया बारी स्याहार गरेपछि मन्थली नगरपालिका ५ कमा कृष्णवहादुर साहिले अहिले बार्षिक लाखौ आर्जन गर्न लागेका छन् ।

झण्डै ७ रोपनी पाखो बारीमा उनले विभिन्न जातका फलफुल लगाएका छन् । दुई वटा हाईटेक नर्सरीमा ईनडोर प्लाण्ट हुर्काउदै बजार पठाउन थालेका छन् ।दुई बर्ष अघी लगाएको ड्रागन फुडले उनको पाखोलाई आर्कषण दिएको छ । ‘गत बर्ष थोरै फल्यो ’ साहि भन्छन् झण्डै एक लाख पचास हजारको विक्री भयो होला । तर यो बर्ष उनले ड्रागन बेचेर अहिले सम्म २ लाख आर्जन गरिसके । भदौ सम्म फलिरहने भएकाले यो बर्ष कुल ७ लाख आर्जन हुने अनुमान उनले गरेका छन् । उनले लगाएको ड्रागन रातो जातको हो । यो निकै स्वादिलो हुनेगर्छ ।

२ सय वटा पोलमा ८ सय ड्रागनका विरुवा लगाएका साहिले बगैंचामानै प्रति केजि ३ सय ५० रुपैँयामा ड्रागन विक्री गरीरहेका छन् । उक्त फलको बजारका लागि कुनै चिन्ता छैन् । जिल्ला सदरमुकाम नजिकै भएकाले किन्ने मानिस बगैंचामानै पुग्ने गरेका छन् । ‘होल सेल हैन, खुद्रानै पु¥याउन सकेको छैन’ साहिले भने । जिल्ला सदरमुकाम मन्थली बाट उनको बगैंचा पुग्न झण्डै ४ किलोमिटर मात्र छ ।

बर्षौ सम्म काठमाडौंमा मालीको काम गरेका उनले तीन बर्ष अघी आफ्नो बाँझो झारी भईसकेको जग्गा सुधार गरी खेति आरम्भ गरेका हुन् । अहिले उनले आँप, मेवा, अम्बा, कागति, आँप, बोधिचित्त लगाएतका विरुवा हुर्काएका छन् । घर भन्दा उत्तर तर्फ रहेको उनको अर्को १० रोपनीको प्लटमा आँप र कागति हुर्किएको छ ।

हाईटेक नर्सरीमा हुर्केका ईनडोर प्लाण्टका विरुवाहरुको वजार जिल्लामा त्यति धेरै नभएकाले यस बर्ष देखि उनले काठमाडौंमा पठाउन थालेका छन् । काठमाडौमा उनले फुल र ईनडोरका प्लाण्ट विक्री गर्ने गरेका छन् । त्याहा परिवारका अरु सदस्यले नर्सरीको हेरचाह र व्यवसाय धानेका छन् । ‘धेरै बर्ष बाहिर बसियो, आफ्नो जग्गा खालि वसेको देखेर यहि केहि गरौं भन्ने लागेर फर्कि आए’ साहि भन्छन् – बैंकको कर्जा बोकेर व्यवसाय थालेको हुँ, ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले