+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

जीप दुर्घटनामा श्रीमतिको मृत्यू, श्रीमान घाईते

3 महीना पहिले प्रकाशित

 

रामेछाप । रामेछापको मन्थलीबाट हेटौंडाको लागि हिडेको स्कर्पीयो जीप आज विहान मन्थली नगरपालिका ६ बोक्सेको भिरमा दुर्घटना हुदाँ एक जनाको घटनास्थलमानै मृत्यू भएको छ । दुर्घटनामा अर्का एक घाईते भएका छन् ।

        जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा हाल मन्थली १ आकाशे वस्दै आएका उत्तम चौहानकी पत्नि ४२ बर्षिया राधा कार्की चौहानको मृत्यू भएको हो । जीप चालक मृतकका पति उत्तम चौहान घाईते भएका छन् । उनलाई घटनास्थ्लबाट उद्धार गरी मन्थली सामुदायिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौं पठाइएको छ ।

स्थानीयका अनुसार हेटौंडामा रहेका छोरालाई भेटनका लागि चौहान दम्पति विहान ४ बजे घरबाट निस्केका थिए । झण्डै ७ किलोमिटर दक्षिणमा पुगेपछि उनीहरु सवार जीप दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण खुलेको छैन् । प्रहरीले घटनास्थलबाट मृतकको सव निकालेर पोष्टमार्टमका लागि मन्थली अस्पताल तर्फ पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले