+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

मकै मासेर कागति, मनग्ये आम्दानी

3 महीना पहिले प्रकाशित

रामेछाप । रामेछप नगरपालिका ५ को सुनारपानीका भरत वहादुर कार्कीको घरै मुनी घुर्यानको झण्डै एक हातका मकै फल्ने बारीमा विगत ४ बर्ष देखि काँडाले च्वास्स घोच्ने कागति हुर्किदा छन् ।

परम्परागत खेति प्रणाली महंगो भएको र उत्पादन न्यून हुन थालेपछि मन्थली ५ का कार्कीले घर वरिपरीको झण्डै १८ रोपनी बारीमा कागति लगाएका छन् । चार बर्ष देखि लगाउन थालेका कागतिले उत्पादन दिन थालेपछि उनको लगानी पनि फर्कन थालेको छ । कार्कीले झण्डै १ हजार कागति लगाएका छन् । आउने बर्ष बाट उत्पादन झण्डै दोब्बर हुने आशा उनले गरेका छन् ।

‘गत बर्ष १ लाख ५० हजारको बिक्री गरे ’ कार्की भन्छन् – यो बर्ष कति हुन्छ, थाहा छैन्, उनले भर्खर ३ बोरा जति बजारमा पठाएको बताए । कागतिको स्थानीय बजारमा त्यति धेरै माग नभएकाले उनले सिधै काठमाडौं पठाउने गर्छन् । मलजलको प्रवन्ध राम्रो भएकाले कार्कीको बगैंचामा कागति राम्ररी सप्रेका छन् । बार्षिक ५ लाख रुपैयाँ कागति बाट आर्जन गर्ने योजना उनले गरेका छन् ।

नजिकै सल्लाघारीको जंगल रहेकोले सधैं बाँदर वस्ने र त्यसले बालिनालीमा साह्रै दुख्ख दिन थालेपछि कार्कीले कागति खेतिको जुक्ति निकालेका हुन् । परम्परागत खेतिका लागि धेरै जनशक्ति लाग्ने, थोरै आम्दानी हुने र सधैं बाँदर अनि दुम्सी लाग्ने भएकाले आजित भएका बेला रोपिएको कागतिले उनले राम्रै चर्चा कमाएका छन् । तर कागति लगाउदा पनि बन्यजन्तुले दुख्ख दिन छोडेको छैन् । बगैंचाको रेखदेख गर्दै आएका कार्कीका बुबा जितवहादुर भन्छन् – कागतिलाई पनि मिर्गले फेदमा चिथर्दो रहेछ ।

तराईबाट गाडिमा आउने कागतिका कारण स्थानीय बजारमा प्रतिस्पर्धा गर्न अलि कठिन भएको अनुभव उनको छ । तर त्यसलाई चिर्न तराई बाट आउनु भन्दा अघीनै कागति बजारमा पुर्याउन सक्यो भने त्यति प्रभाव नपर्ने कार्कीले वताए । तराईबाट आउने कागति सस्तो भएको जस्तो लागेपनि बिचमा साना र सडेका हाल्ने गरेकाले ग्राहकको रुचिमा स्थानीय कागति पर्ने गरेको उनको अनुभव छ । कार्कीले प्रतिकेजि १ सय ३० रुपैँयामा कागति वजारमा विक्री गरेको सुनाए । सुरुमा कमाई खाने बारीमा कागति लगाएकोमा कार्कीलाई गालि गर्ने धेरै थिए, तर अहिले कार्कीले राम्रो गरेको भनेर गाउँमा चर्चा हुन थालेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले