+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

बाँदर धपाउन सकिएन, बरु जग्गा बाँझो बस्यो

3 महीना पहिले प्रकाशित

रामेछाप । केहिबर्ष अघी सम्म बालीनालीले भरिलो देखिने मन्थली ५ सुनारपानीको कार्कीटार पछिल्ला बर्षहरुमा धेरजसो बाँझो छ । नजिकै बाँदरको घर भएकाले कार्कीटारमा खेति लगाउन छोडिएको हो ।

कार्कीटार नजिकै रहेको सल्लाघारीका अग्ला रुख बाँदरको घर हो । गाउँ नजिकै बाँदर बसेपछि केहि टाढाको कार्कीटारमा रहेको जग्गा बाँझीएको हो । अहिले त्याहाँ बनमारा र अन्य बनस्पतिले छोपेको छ ।

जग्गा भन्दा बसोवास केहि टाढा भएकाले कार्की टारमा पुगेर बाँदर रुघ्न नसकेकै कारण खेति लगाउन छोडेको स्थानीय जितवहादुर कार्कीले वताए । कार्कीका अनुसार कार्कीहरु अधिकांशको उक्त टारमा जग्गा छ । धेरै हुनेको ४ रोपनी जग्गा होला , अरुको थोरै छ ।

बाँदरको बिगबिगीले सुनारपानीको उक्त टारको झण्डै तिन तिहाई भाग झाँडी बनेको छ । थोरैले खेति लगाएका छन् तर त्यसमा पनि दिनभरी बाँदरको गोठालो वस्नुपर्ने बाध्यता किसानलाई छ ।

‘बाँदर हेरिएर भने एकै दिनमा स्वाहाः बनाउछ ’ स्थानीय जितवहादुर कार्की भन्छन् – बाँदरको पीरलेनै धेरैले कार्कीटारमा नलगाएका हुन् । सुनारपानीभरीमा कार्कीटार देखाउन लायक खेतियोग्य जमिन हो , तर अहिले त्यहि बाँझीएको छ ।

केहि बर्ष अघी कार्कीटारमा सिम्ले खोलाको पानी ल्याएर धान समेत फलाएका मेहनती किसानले अहिले जाँगर मरेको छ । खेति गर्न हुने लगानी धेरै हुन थालेको तर बाँदरको बिगबिगीले लगानी उठाउन समेत कठिन भएपछि किसानहरुले लत्तो छाडेका हुन् ।

‘गत बर्ष सम्म यो बर्षको जति पनि खेति थिएन’ मन्थली ५ का वडा अध्यक्ष रविन कार्की भन्छन् – यो बर्ष थप केहिले खेति लगाएका छन्, आउदा बर्ष अरुले लगाउने आशा छ । यो बर्ष सडक पुगेको र सिम्ले खोलाको पानी लिफ्ट गरेकाले खेति लगाउने आशा जागेको हो ।

पञ्चायतकालमानै कार्की टारमा सिंचाईको प्रवन्ध गरीएको थियो । तर सिम्ले खोलाको पानी खानेपानीको रुपमा धेरैले लान थालेपछि खोलामा पानी घट्यो, खेतिका लागि पुगेन । त्यसैले खेति छोडिदै गयो । सालु सिम्लेको मुहान गरेर तल्लो सुनारपानी सम्म खानेपानी लगिएको छ ।

वडा अध्यक्ष कार्कीका अनुसार सुनारपानीमा खेति लगाएर बाँदर बाट बचाउनु भनेको ठुलै युद्ध जित्नु जस्तै हो । ‘आँखा झिमिक्क पा¥यो कि सकिहाल्छ ’ कार्की भन्छन् – विहान उज्यालो भए देखि साँझ झमक्क हुदाँ सम्म रुघ्न बसेन भने, बाली रहदैन् ।

कार्कीकै दाविझै अहिले सुनारपानी पुग्ने जो कोहिले बाँदर रुघ्नका लागि खेति गरेको जग्गा नजिकै बनाइएका छाप्रा र ति छाप्रामा रुघालु वसीरहेका भेटिन्छन् । घर नजिकै बालि भएकाले केहि हुदैन भनेर ढुक्क हुने अवस्था छैन्, जङ्गलको छेउ भएकाले डिलमा वसेर बाँदर नहेरे बाली रहदैन । कसै कसैले कुकुर र गुलेलीको साहारा लिएका हुन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले