खुर्कोट बेलिब्रिज मर्मत गर्न सेना खटाईयो
4 महीना पहिले प्रकाशित
रामेछाप । गत कार्तिकमा जडान भएको खुर्कोट स्थित बेलिब्रिजमा कसिएका केहि नटबोल्ट खुस्किएर जोखिम बढेपछि त्यसको मर्मतका लागि नेपाली सेनाको प्राविधिक टोली परिचालन भएको छ ।
नेपाली सेनाको बर्दीबास स्थित ईन्जिनियरीङ युनिटका प्राविधिकहरुले बिहिबार देखि खुर्कोट बेलिब्रिजमा मर्मतको काम थाल्ने भएका छन् । त्यसका लागि सेनाको एउटा टोली बिहिबारनै खुर्कोट आईपुग्ने जनाइएको छ ।
गत बर्ष नेपाली सेनाको ईन्जिनियरीङ गणले जडान गरेको उक्त पुलमा यातायातको चाप बढे सगैं पुल केहि लच्केको, नटबोल्टहरु खुस्कीएका र पुलमा ओछ्याइएका स्टिल पाताहरु हल्लिन थालेपछि जोखिम बढेको गुनासो आईरहेको थियो ।
अघील्लो महिना रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा गएको जिल्ला स्थित सुरक्षा अधिकारीहरुले पुल जोखिममा रहेकोले उच्च निगरानी आवश्यक रहेको वताएका थिए ।
नेपाली सेनाले जडान गरेको उक्त पुलमा अधिकतम १५ टन मात्र भारबहनका साधन संचालन गर्न मिल्ने सेनाले जनाएको थियो । तर स्थानीयले खुर्कोट प्रहरीको मिलेमतोमा बढी तौलका साधन समेत पुलबाट वारपार गर्ने गरेको गुनासो गरेका थिए । पुल लच्किनु र नटबोल्टहरु खुस्कीनुमा त्यहि कारण पनि हुन सक्ने स्थानीयको अनुमान छ ।
गत असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले सुनकोशीको पक्की पुलको ५० मिटरको उत्तरी स्पान बगाएको थियो । पुल बगाएपछि बिपी राजमार्गबाट काठमाडौं र तराई संग सम्बन्ध विच्छेद भएको रामेछापलाई बेलिब्रीजले जोड्न तत्कालिन उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ ( कान्छाराम ) को सक्रियतामा सडक विभाग, नेपाल विद्युत प्राधिकरण र नेपाली सेनाको समन्वयमा २८ दिनमानै बेलिब्रिज जडान भएको थियो ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
