हिलाम्मे सडकमा उच्च जोखिम मोलेर यात्रा
4 महीना पहिले प्रकाशित
रामेछाप । रामेछापका अधिकांश ग्रामिण सडक बर्षाका कारण हिलाम्मे बनेका छन् । कच्चि सडकमा परेका खाडल, जमेको पानीले सवारी साधन सुरक्षित स्थानमा पुग्न कठिनाई हुन थालेको छ ।
मन्थली देखि धोवि हुदै सैपु दुरागाउँ, विजुलीकोट, मन्थलीबाट गोठगाउँ, देउराली साँघुटार, हिमगंगा, मन्थली देखि पुरानागाउँ, चनखु र गेलु, खिम्ती देखि बेताली हुदै सिवालय वाम्ती, कुभु प्रिती, गुप्तेश्वर भुजि रस्नालु ठोसे, खाँडादेविका विभिन्न भाग, सुनापति र दोरम्बा शैलुङका सडकमा अस्तव्यस्त छन् । त्यस्तै सडकमा उच्च जोखिम मोलेर यात्रा गर्न स्थानीय बाध्य छन् ।
निर्माणाधिन सडकमा निर्माण व्यवसायीले ग्राभेल नहालि माटो मात्रै काटेर छोड्दा सडकमा यात्रा जोखिमपूर्ण बनेको हो । कतिपय सडकमा यातायातका साधन जानै नसक्ने अवस्था छ । बल गरेर गएका सवारी साधन पनि दिनभरी फस्ने गरेका छन् । केहि स्थानमा जेसिभी लगाएर गाडि तान्दै गन्तव्यमा पुग्ने प्रयास भइरहेका छन् । तर ति सवै स्थानमा सम्भव छैन् ।
बर्षा भइरहेकोले जोखिम हुने स्थानमा यात्रुबाहक सवारी साधन संचालन अझ चुनौतिको विषय बनेको छ । सालु देखि देउराली हुदै साँघुटार र पश्चिमी ओखलढुंगा जाने यात्रु उच्च जोखिमका कारण उक्त मार्ग भएर हिड्न त्रास हुने गरेको वताउछन् । साँघुटारबाट काठमाडौंका लागि छुटेका सवारी साधन दिनभरी देउरालीका सडकमै फसेका भेटिन थालेका छन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
