+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

भटौली खोलाको पुल संरक्षण कार्य थालियो

4 महीना पहिले प्रकाशित

रामेछाप । खोलाको बाढीले दक्षिण तर्फको जग कटान गर्न थालेपछि जोखिममा पुगेको भटौली खोलाको पुल संरक्षणका लागि काम थालिएको छ ।

शुक्रबार राती आएको बाढीले मन्थली देखि पश्चिमी रामेछापलाई जोड्ने भटौली खोलाको पुलको दक्षिणी तर्फको भागमा कटान गरी सडक झारेको थियो । सडक झारेपछि शनिबार विहानै देखि उक्त पुल भएर ठुला सवारी संचालन हुन सकेका छैनन् । पुलको जग नजिकको एप्रोच सडकको भित्री भागको माटो बगाएकाले धोद्रो परेको अवस्था छ ।

पुल जोखिममा रहेको जानकारी पाएपछि जिल्ला विपद व्यवस्थापन समितिले सेना, शसस्त्र र नेपाल प्रहरी समेत संरक्षणका लागि शनिबार देखि खटाएको छ । त्यसैगरी मन्थली नगरपालिका र खाँडादेवि गाउँपालिकाले समेत आवश्यक मेसिन औजार र अन्य सामाग्री जुटाएर संरक्षणको काम थालेका छन् । तारजालीको बाक्सा भरेर तत्काललाई संरक्षणको काम थालिएको वताइएको छ । खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले पुल संरक्षणको काम आईतवार पनि हुने जनाएका छन् ।

पश्चिमी रामेछापको खाँडादेवि, सुनापति र दोरम्बाशैलुङ संग जिल्ला सदरमुकाम जोड्न उक्त पुल महत्वपूर्ण रहेको छ । त्यसका अतिरीक्त सित्खाको सडक प्रयोग गरी काठमाडौं ओहोर दोहोरका लागि पनि उक्त पुल भएरै जाउआउ गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले