काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी रामेछाप जिल्ला समितिले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एसईई परिक्षा २०८१ मा सर्बोत्कृष्ट अंक ल्याएर उत्र्तिण गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
रामेछाप जिल्लाबाट एसईईमा उत्कृष्ट अंक ल्याएर उत्र्तिण हुने विद्यार्थीहरुलाई माओवादीका केन्द्रीय सदस्य तथा पूर्व गृह राज्य मन्त्री श्यामकुमार श्रेष्ठले सम्मान गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य तथा बागमति प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ लगाएतले ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा अध्ययन गरेर भए पनि उच्च अंक ल्याएर उत्र्तिण गरेका विद्यार्थीहरुलाई आउदा दिनमा अझ उच्च अंक सहित सफलताको कामना गरेका थिए ।
