अझै अलपत्र छन् तत्कालिन शान्ति मन्त्रालयका योजना
4 महीना पहिले प्रकाशित
रामेछाप । सरकारले २०६३ सालमा बिद्रोहि पक्ष माओवादी संग वृहत शान्ति संझौता गरेपछि तत्कालिन शान्ति तथा पुननिर्माण मन्त्रालयले सुरु गरेका कयौं योजना अझै अलपत्र अवस्था छन्् । योजना कार्यान्वयनमा ल्याउने मन्त्रालय भने खारेजि भएको झण्डै एक दशक हुन थालेको छ । मन्त्रालय खारेजीमा परेपछि योजनाहरु जे अवस्थामा थिए, कुनै पुरा भए, कुनै मन्त्रालय जस्तैझै हराए ।
मन्त्रालयले द्वन्दत्तोर शान्ति परियोजना मार्फत थालेका केहि योजनाहरु तत्कालिन अवस्थामा जिल्ला विकास समिति अन्तरगतको प्राविधिक कार्यालयलाई हस्तान्तरण गरेको थियो । तर २०७३ साल पछि संघीय संरचनामा मुलुक गएपछि प्राविधिक कार्यालय समेत खारेजि भएपछि योजनाहरु अलपत्र अवस्थामा छन् ।
माओवादी द्वन्द ताका देशमै चर्चा कमाएको पश्चिमी रामेछापको दोरम्बा शैलुङ गाउँपालिका २ दोरम्बामा थालिएको शान्ति पार्क अझै अलपत्र छ । पार्कका लागि यस अघी लाखौं रुपैयाँ खर्च भइसक्यो , तर पार्कको हैसियतमा पुगेको छैन् । दोरम्बा शैलुङ गाउँपालिका २ नम्बर वडाका अध्यक्ष मेचमान मोक्तानका अनुसार पार्कका लागि अझै धेरै संरचना निर्माण गर्न बाँकीनै छन् । घेरा बेरा, बुद्दको मुर्ति र केहि जस्ताका टहरा हालिएको छ । खानेपानी, सौचालय, फुल बगैंचा, बाल उद्यान लगाएतका पूर्वाधार बनाउनु पर्ने काम बाँकी छ । पार्क भनेको जाउँ जाउँ जस्तो, बसौं बसौं जस्तो पो बनाउनु पर्ने हो, नाम मात्र दिएर हुदैन् , उनले भने ।
‘मैले धेरै पटक प्रदेश सरकार र संघीय सरकारमा दोरम्बाको शान्ति पार्कको निर्माणका लागि बजेट माग गरेको हुँ तर परेको छैन् ’ मोक्तान भन्छन् – गाउँपालिकाको सिमित श्रोतले पार्कको काम पुरा हुन सक्ने अवस्था छैन् । झण्डै १० रोपनी क्षेत्रमा फैलिएको उक्त पार्कमा स्थानीय बासिन्दाले बेला बेलामा बनभोज खाने बाहेक अरु बेला कोहि पुग्ने गरेका छैनन् ।
‘बाहिर बाट दोरम्बा घुम्न आएकाहरुलाई हामीले दोरम्बा शान्ति पार्क घुमाउन पाउछौं भन्ने आशा गरेका थियौं ’ स्थानीय केशव लामा भन्छन् – तर सरकारले हाल सम्म गरेको लगानी खेर जाला जस्तो भयो, पार्क अधुरै रह्यो, पुरा नभई देखाउन लायक नै छैन् ।
दोरम्बा त्यसै पनि सुन्दर भौगोलिक अवस्थितिमा छ । त्यस माथि सल्लाघारीमा निर्माणाधिन पार्कले दोरम्बाको आकर्षणलाई अझ बढाउथ्यो , लामा भन्छन् – अहिले सम्म दोरम्बा आउनेलाई हामीले शान्ति पार्क छ भनेर देखाउन पाएका छैनांै । दोरम्बा बजार भन्दा केहि पूर्विदक्षिणमा पर्ने कालिपोखरी नजिकै उक्त पार्क निर्माणाधिन अवस्था छ ।
विस्तृत शान्ति संझौता पछि युद्धको सम्झनामा शान्ति पार्क, शहिद स्तम्ब, मेलमिलाप दिवस जस्ता कार्यक्रम बाक्लै भएका थिए । माओवादीले सरकारको नेतृत्व गरेका बेला देशभर त्यस प्रकारका कार्यक्रम संचालनमा तिव्रता दिएको थियो । रामेछापका अन्य स्थानमा पनि पार्क र गेट निर्माणका लागि कार्यक्रम राखिएका थिए । तर ति कुनै भए कुनै भएनन् ।
हाल लिखु तामाकोशी ६ खिम्तीमा शहिद गेटको कार्यक्रम राखिएको थियो । तर उक्त गेट कता बनाउने भन्ने चर्चाकै विच कार्यक्रम अलपत्र परिदियो । अहिले सम्म खिम्तीमा शहिद गेट निर्माण भएको छैन् । त्यसैगरी हाल उमाकुण्ड ७ मा पर्ने भुजी कोलडाडाँमा शहिद पार्कको निर्माण थालिएको थियो । दुइृ बर्षको बजेट कोलडाडाँमा खर्च गर्दा आँगनको गाह्रो जस्तो केहि आकार लिएको थियो । तर पछि उक्त स्थानमा वडाले आफ्नै भवन निर्माण गर्ने योजना अघी सारिदियो ।
भुजिका वडा अध्यक्ष रुद्रमणी नेवारका अनुसार तर माथिल्लो निकायले भुजिमा शान्ति पार्क निर्माणको काम छोडेको छैन् । गत आर्थिक बर्षमा प्राप्त भएको ७५ लाख बजेटले कोलडाडाँ भन्दा केहि माथि पार्कको लागि जग्गा सम्याइएको छ । त्याहाँ ट्रस निर्माण गर्ने योजना छ । दुई बर्ष अघी पनि २५ लाखको काम पार्कका लागि भएको थियो ।
शान्ति तथा पुननिर्माण मन्त्रालयले थालेका अन्य कतिपय योजनाहरु पनि जिल्लामा निर्माणनै नसकिएर अलपत्र परेका थिए । त्यसमा केहि तत्कालिन गाविसका कार्यालय र हुलाकका भवन परेका थिए । व्यवस्था परिवर्तन सगैं संघीय संरचनाको स्वरुप समेत परिवर्तन भएकाले त्यस्ता योजनाले निरन्तरता पाएनन् । सरकारले खर्च गरेका कयौं योजनाहरु अधुरै अवस्थामा लोप हुन पुगे ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
