भटौली खोलाको पुलमा बाढीबाट क्षति, आवागमन बन्द
4 महीना पहिले प्रकाशित
रामेछाप । रामेछापको भटौली खोलामा आएको बाढीले कटान गर्दा मन्थली बाट पकरवास तर्फ जाने सडक खण्डमा पर्ने भटौली खोलाको पुल जोखिममा परेको छ ।
खोलाको बाढीले खाँडादेवि ४ तर्फको जग र त्यस भन्दा दक्षिण तर्फको सडक कटान गरेको छ । सडक कटानका कारण पुल बाढीले घेरा हाल्ने जोखिम बढेको हो । बाढीले अधिकांश सडक झारीसकेकोले उक्त पुल भएर हुदै आएका सवारी आवागमन बन्द गरीएको खाँडादेवि ४ का वडा अध्यक्ष कृष्ण्प्रसाद पौडेलले बताएका छन् । यद्यपी मोटरसाईकल सम्म भने चलिरहेका छन् ।
भटौली खोलाको बाढी निरन्तर पुलको जगमा ठोकिन थालेपछि केहि दिन अघीनै उक्त पुल जोखिममा रहेको समाचार बाहिर आएको थियो । तर गए राति आएको बाढीले अझ बढी जोखिम निम्त्याएको छ । ठुलो मेसिन ल्याएर खोला फर्काउने र मर्मतको काम तत्काल थालिएन भने पुल जोगाउन कठिन भएको पौडेलले वताएका छन् ।
मुगिटारबाट माढी मुहान तर्फ जाने सडकमा निर्माणाधिन पुल पनि संकटमा परेको छ । बागमति प्रदेश सरकारको लगानीमा निर्माण हुदै गरेको उक्त पुल भन्दा उत्तर तर्फको ठुलो क्षेत्रफलमा रहेको खेत बाढीले गत बर्ष कटान गरेको थियो । उक्त पुल एकातिर खोला एकातिर रहेको अवस्था छ । खोलाको दिर्घकालिन नियन्त्रण नगरे उक्त पुल समेत संकटमा पर्ने देखिएको स्थानीयले वताएका छन् ।
झण्डै एक दशक अघी जिल्ला विकास समिति मार्फत स्वीस सरकारको सहयोगमा संचालित कार्यक्रम ग्रामिण सडक पुल कार्यक्रमले भटौली खोलाको पुल निर्माण गरेको हो । उक्त पुलले पश्चिमी रामेछापका खाँडादेवि, सुनापति र दोरम्बा शैलुङ गाउँपालिका लाई जिल्ला सदरमुकाम सँग जोडेको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
