+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

सिन्धुली गोलञ्जोरमा एकै परिवारका १६ जना वेपत्ता

4 महीना पहिले प्रकाशित

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ६ की उर्मिला हायुका १६ जनाको परिवार वेपत्ता भएका छन् ।

एकलासमा रहेको उनको घरमा पालिएका पशु चौपाय छोडेर एकै साथ १६ जना कहिले देखि हिडे भन्ने कुराको जानकारी गाउँलेलाई छैन् । शुक्रबार उनीहरु घरमै थिए । सोमबार विहान छिमेकी पुग्दा घरमा कोहि थिएनन् ।

झण्डै १५ मिनेट टाढाको छिमेकीले नजिकैको गोठमा बस्तुभाउ कराएको र घाँस कुँडो गर्न कोहि नआएपछि हायुको घरमा पुग्दा कोहि पनि नभएको पाएपछि वडामा खवर गरेका थिए । वडाले प्रहरीलाई समेत जानकारी गराएर खोजी थालिएको छ ।

केहि दिन अघी मात्र सामाजिक सुरक्षा भत्ता वुझेको उनको परिवार केहि बर्ष देखि ऋणमा डुबेको जनाइएको छ । ऋणका कारण परिवारमा तनाव रहेको स्थानीयले जनाएका छन् । उनीहरु कसैको पनि मोवाईल लागेको छैन् ।

केहि दिन अघी हायु परिवारले घरमा सुँगुर काटेर खाएका र अझै केहि मासु घरमा बाँकी रहेको जनाइएको छ । प्रहरीले आसपास र रामेछाप जिल्लामा समेत खोजि तिब्र पारिएको छ । उक्त रहस्यमय घटनाको बारेमा स्थानीयले समेत खोजिलाई सहयोग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

3 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

5 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

6 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले