रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ६ की उर्मिला हायुका १६ जनाको परिवार वेपत्ता भएका छन् ।
एकलासमा रहेको उनको घरमा पालिएका पशु चौपाय छोडेर एकै साथ १६ जना कहिले देखि हिडे भन्ने कुराको जानकारी गाउँलेलाई छैन् । शुक्रबार उनीहरु घरमै थिए । सोमबार विहान छिमेकी पुग्दा घरमा कोहि थिएनन् ।
झण्डै १५ मिनेट टाढाको छिमेकीले नजिकैको गोठमा बस्तुभाउ कराएको र घाँस कुँडो गर्न कोहि नआएपछि हायुको घरमा पुग्दा कोहि पनि नभएको पाएपछि वडामा खवर गरेका थिए । वडाले प्रहरीलाई समेत जानकारी गराएर खोजी थालिएको छ ।
केहि दिन अघी मात्र सामाजिक सुरक्षा भत्ता वुझेको उनको परिवार केहि बर्ष देखि ऋणमा डुबेको जनाइएको छ । ऋणका कारण परिवारमा तनाव रहेको स्थानीयले जनाएका छन् । उनीहरु कसैको पनि मोवाईल लागेको छैन् ।
केहि दिन अघी हायु परिवारले घरमा सुँगुर काटेर खाएका र अझै केहि मासु घरमा बाँकी रहेको जनाइएको छ । प्रहरीले आसपास र रामेछाप जिल्लामा समेत खोजि तिब्र पारिएको छ । उक्त रहस्यमय घटनाको बारेमा स्थानीयले समेत खोजिलाई सहयोग गरेका छन् ।
