सुनापतिको पूँजिगत खर्च ७६ प्रतिशत
4 महीना पहिले प्रकाशित
रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले गत आर्थिक बर्षका लागि विनीयोजन गरेको पूँजिगत तर्फको बजेट मध्ये ७६ प्रतिशत मात्रै खर्च भएको छ । पूँजिगत भनेको विकास निर्माणका लागि बिनीयोजन गरेको बजेट हो ।
विहिबार सुनापति गाउँपालिकाले आयोजना गरेको गत आर्थिक बर्षमा भएका कार्यसम्पादनको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेशकुमार श्रेष्ठले दिएको जानकारी अनुसार उक्त आवमा पूँजिगत खर्चकालागि १५ करोड ४१ लाख ९५ हजार बजेट विनीयोजन भएको थियो । तर उक्त बजेट एक चौथाई खर्चै भएन ।
त्यसैगरी चालु तर्फ कुल ३० करोड ४२ लाख ७३ हजार बजेट बिनीयोजन भएकोमा करिव ८२ प्रतिशत रकम खर्च भएको छ । चालु तर्फको बजेटबाट कार्यालय संचालन, तलव भत्ता, तालिम गोष्टी, मर्मत तथा ईन्धन लगाएतमा खर्च हुने गर्छ ।
गाउँपालिकाले गत आर्थिक बर्षमा कुल ७८ वटा योजनाको काम गरेको थियो । गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङको अध्यक्षतामा भएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष गीता विष्ट , प्रमुख प्रशासकिय अधिकृत सुरेशकुमार श्रेष्ठ र वडा अध्यक्षहरुले सहभागिहरुले उठाएका सवालहरुको जवाफ दिएका थिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
3 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
5 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
6 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
6 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
