रामेछाप । अविरल बर्षाका कारण गोठ भन्दा माथिबाट झरेको पहिरोले किच्दा हल गोरु गुमाएका रामेछापको लिखु तामाकोशी गाउँपालिका ४ का किसान केदार बस्नेतलाई नेपाली काँग्रेसले हल गोरु किनेर विहिबार हस्तान्तरण गरेको छ ।

केहि दिन अघी मात्र पहिरोले किचेर उनका एक हल गोरु मरेका थिए भने २ वटा गाई घाईते अवस्थामा उद्धार गरिएको थियो । खेतिकाे सिजनमा गाेठमा रहेका दुवै गाेरु मरे पछि बस्नेत चिन्तामा थिए । 

नेपाली काँग्रेस रामेछाप – काठमाडौं सम्पर्क समिति, काँग्रेसको वडा ईकाई बिजुलीकोट र काँग्रेसका सुभेच्छुक सहितको सहयोगमा बस्नेतलाई गोरु किनेर हस्तान्तरण गरिएको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले वताएका छन् ।