रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर ७ का टीकाबहादुर खत्रीले बिहिबार घरमै नागरिकता प्रमाण पत्र प्राप्त गरेका छन् ।

शारिरीक रुपमा अपाङ्गता भएका कारण उनले जिल्ला सदरमुकामको जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता प्रमाण पत्र लिन सकेका थिएनन् । १७ बर्षिय खत्री जन्मजात अपाङ्ग हुन् ।

विहिबार सहायक कर्मचारी सहित सुकाजोर पुगेका प्रमुख जिल्ला अधिकारी श्यामकृण्ण थापाले खत्रीलाई उनकै घरमा नागरिकताको प्रमाण उपलव्ध गराएका हुन् । झण्डै १ महिना अघी मन्थलीको फुलासीमा पनि उनले एक अपाङ्ग लाई घरमै पुगेर नागरिकता प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयले कोहि पनि नागरिक नेपाली नागरिकताको प्रमाण पत्र विमुख नहोस र नागरिकताकै कारण राज्यले उपलव्ध गराउने सेवा बाट बञ्चित हुनु नपरोस भन्ने मनसायले केहि बर्ष अघी देखि असक्त अपाङ्गको घरमै पुगेर नागरिकता प्रमाण पत्र उपलव्ध गराउदै आएको छ ।