रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको अवसरमा नेकपा एमाले रामेछापले बुधबार रामेछापमा विविध कार्यक्रम संचालन गरेको छ ।

बुधबार विहान मन्थली नगरपालिकाको तीनलाल पार्कमा रहेको पुष्पलाल सालिकमा माल्यार्पण गरी रामेछाप नगरपालिका ९ भंगेरीमा आयोजित कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरुले स्वर्गीय पुष्पलाल प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पुष्पलाल जन्मेको भंगेरीमा रहेको उनको प्रतिमामा माल्यार्पण गरीएको र पुष्पलाल पार्क भित्र रहेको सभाहलमा जनबादी सांस्कृतिक कार्यक्रम संचालन गरिएको एमाले रामेछापले जनाएको छ । उक्त कार्यक्रमहरुमा एमालेका बागमति प्रदेशका ईन्चार्ज डा. राजन भट्टराई, संगठन विभागका सचिव तथा केन्द्रीय सदस्य माधव ढुंगेल, जिल्ला अध्यक्ष पुरुषोत्तम कडरीया लगाएतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।