+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

बफर खोलामा अस्थायी डाईभर्सन बनाएर साना सवारी साधन संचालन

4 महीना पहिले प्रकाशित

रामेछाप । केहि दिन अघी मन्थली नगरपालिका ८ र ११ को विचमा पर्ने बफर खोलामा आएको बाढीले डाईभर्सन बगाउदा अवरुद्ध भएको यातायात शनिबार देखि संचालनमा आएको छ ।

मन्थली नगरपालिकाले अस्थायी रुपमा बफर खोलामा यातायातका साधन संचालन हुने गरी सडक सुधार गरेपछि गेलु तर्फको यातायात आवागमन सहज भएको हो । बाढीका कारण केहि दिन देखि गेलु तर्फ सिधा आवागमन राेकिएको थियाे । 

मन्थली नगरपालिकाका सव ईन्जिनियर होम खड्काका अनुसार दुई बर्ष अघी मन्थली नगरपालिकाले डाईभर्सन बनाउदा प्रयोग गरेका ह्यूमपाईपलाईनै प्रयोग गरी अस्थायी रुपमा सडक संचालनमा ल्याइएको हो । साना चारपाङ्ग्रे सवारी साधन र बाईक संचालन हुन थालेको बताउदै खड्काले यात्रु बाहक बस र मालबाहक ठुला सवारी साधन उक्त डाईभर्सनबाट आवतजावत गर्न अझै कठिनाई हुने वताएका छन् । बफर खोलामा पानीको मात्रा ठुलो भएकाले तत्कालै यसभन्दा बढी मर्मत कार्य गर्न समेत कठिनाई परेको हो ।

गत आर्थिक बर्षमा पूर्वाधार विकास निर्देशनालय हेटौंडाले गेलु र चिसापानी तर्फको सडकमा ढलान र टेवा पर्खालको काम गरेको थियो । बाढीले उक्त काम भने क्षति पुगेको छैन् । तर केहि थान तारजालीका बाक्सा उक्त योजनामा समावेश भएको थियो । उक्त तारजालि भने क्षति पुगेको छ । बफर खोलामा दुई बर्ष अघी मन्थली नगरपालिकाले झण्डै १४ लाख खर्च गरेर ह्यूमपाईप राखेर डाईभर्सन बनाएको थियो । त्यसअघी खोलाको बाढीले गेलु तर्फको यातायात सेवा बर्षायाममा कठिनाई हुदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले