रामेछाप । गएराति आएको पहिरोले गोठ किच्दा रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ बालरुमा एक हल गोरु मरेका छन् । पहिरोले गोठ पूर्ण रुपमा क्षति भएको छ ।

स्थानीय केदार वस्नेतको गोठ माथिबाट पहिरो झरेको थियो । पहिरोले गोठ किच्दा दुई गाई घाईते भएका छन् । गाईलाई पहिरो पन्छाएर घाईते अवस्थामा निकालिएको छ ।