रामेछाप । मन्थली नगरपालिकाको देबकोटा चोककाे सडक किनारमा शहरी सौन्दर्यकरण अन्तरगत गमला राखेर विभिन्न जातका फुलका विरुवा रोपिएकोे छ । केहि बर्ष अघी रणजोर खोला देखि खाँदबारी सम्म सडक किनारमा गमला राखेर यसैगरी फुल रोपिएको थियो ।

मन्थली नगरपालिका र डिभिजन बन कार्यालयको समन्वयमा देबकोटाचोकलाई सौन्दर्यकरणका लागि विभिन्न फुलका विरुवा रोपीएका हुन् । मन्थली १ का वडा अध्यक्ष होमप्रसाद पौडेल ( राममहरी ) को नेतृत्वमा टोल सुधार समिति, डिभिजन बन कार्यालयका प्रतिनिधिहरु लगाएतले वृक्षरोपणमा सहभागिता जनाएका वताइएको छ ।