रामेछाप । केहि दिन देखि रामेछापको विद्युत अनियमित हुदै आएको छ । दिनमा दर्जनौ पटक विद्युत सेवा अवरुद्ध हुदाँ विभिन्न पेशा व्यवसायमा कठिनाई बेहोर्नु परेको छ । विद्युत अनियमितताले सरकारी कार्यालयले समेत समयमा सेवा दिन सकेका छैनन् । विद्युत नियमित नहुदा गर्मीयाममा सेवा ग्राहि हैरान हुन थालेका छन् । खानेपानी पम्पीङमा समेत विद्युत सेवा गुणस्तर र नियमित नहुदा समस्या बेहोर्नुपरेको छ ।
छिन छिनमा विजुली जाने र आउने समस्या केहि दिन देखि चलेको हो । नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रले समस्याको पहिचान गरी समाधान दिन सकेको छैैन् । छिनछिनमा विजुली जादाँ कतिपय विद्युतिय उपकरणहरुमा समेत समस्या आएको छ ।
रामेछापको न्यू खिम्ती सव स्टेशनबाट मन्थली सम्म ल्याएको ३३ केभि प्रशारण लाईनमा बारम्बार समस्या आएकोले विजुली नियमित हुन नसकेको केन्द्रले जनाएको छ । ग्रामिण वस्तीमा वितरण भएका लाईनमा समस्या आउदा ३३ केभि जाने समस्या केहि दिन देखि चलेको र उक्त समस्याहरु अव नहुने गरी काम गरिदै आएको केन्द्रले जनाएको छ । ग्रामिण क्षेत्रमा वितरण गरेका लाईनमा समस्या आउदा पनि सव स्टेशनमा विजुली जाने कारणले सवै क्षेत्रमा विद्युत जाने गरेको हो । वजारको फिडर बेग्लै बनाएपनि सव स्टेशनमै समस्या भएपछि बजारको लाईन पनि गएको केन्द्रले जनाएको छ ।
