+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

दिनमा दर्जनौ पटक जान्छ, विजुली, सेवा ग्राहि हैरान

4 महीना पहिले प्रकाशित


रामेछाप । केहि दिन देखि रामेछापको विद्युत अनियमित हुदै आएको छ । दिनमा दर्जनौ पटक विद्युत सेवा अवरुद्ध हुदाँ विभिन्न पेशा व्यवसायमा कठिनाई बेहोर्नु परेको छ । विद्युत अनियमितताले सरकारी कार्यालयले समेत समयमा सेवा दिन सकेका छैनन् । विद्युत नियमित नहुदा गर्मीयाममा सेवा ग्राहि हैरान हुन थालेका छन् । खानेपानी पम्पीङमा समेत विद्युत सेवा गुणस्तर र नियमित नहुदा समस्या बेहोर्नुपरेको छ ।

छिन छिनमा विजुली जाने र आउने समस्या केहि दिन देखि चलेको हो । नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रले समस्याको पहिचान गरी समाधान दिन सकेको छैैन् । छिनछिनमा विजुली जादाँ कतिपय विद्युतिय उपकरणहरुमा समेत समस्या आएको छ ।

रामेछापको न्यू खिम्ती सव स्टेशनबाट मन्थली सम्म ल्याएको ३३ केभि प्रशारण लाईनमा बारम्बार समस्या आएकोले विजुली नियमित हुन नसकेको केन्द्रले जनाएको छ । ग्रामिण वस्तीमा वितरण भएका लाईनमा समस्या आउदा ३३ केभि जाने समस्या केहि दिन देखि चलेको र उक्त समस्याहरु अव नहुने गरी काम गरिदै आएको केन्द्रले जनाएको छ । ग्रामिण क्षेत्रमा वितरण गरेका लाईनमा समस्या आउदा पनि सव स्टेशनमा विजुली जाने कारणले सवै क्षेत्रमा विद्युत जाने गरेको हो । वजारको फिडर बेग्लै बनाएपनि सव स्टेशनमै समस्या भएपछि बजारको लाईन पनि गएको केन्द्रले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

4 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

6 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

6 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

7 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

7 दिन पहिले